My Slides

Sunday, August 1, 2021

खुलेआम बिक्री हुँदै कल र म्यासेज आउदा नम्बर नदेखिने फोनको रिचार्ज, सरकार बेखबर

 

पछिल्लो समय नेपालमा अननोन तथा प्राइभेट नम्बर ((कल गर्दा रिसिभ गर्नेको मोबाइलमा नम्बर नदेखिने) )  बाट आउने कलको आतंक चिन्ताजनक रुपमा बढेको छ । कल आउँछ, नम्बर देखिँदैन ।

मेसेज आउँछ, तर कसले पठाएको यकिन हुँदैन । नम्बर नै नदेखिने अवस्थामा कल कसले गरेको वा मेसेज कसले पठाएको हो, ठेगान हुनसक्ने कुरा भएन । यस्ता नम्बरहरुबाट कल तथा मेसेज गरी सर्वसाधारणलाई डर, धम्की र अनेक किसिमका ब्ल्याकमेलिङ गर्ने घटनाहरू बढेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताएको छ ।


यस्ता उजुरी बढ्न थालेपछि ब्यूरोले बेलाबखत सचेत रहन भन्दै सूचना समेत जारी गर्दै आएको छ । विभिन्न व्यक्तिको मोबाइल, ल्याण्डलाइनमा अननोन तथा प्राइभेट नम्बरबाट कल गर्दै नग्न तस्वीर माग्ने क्रम बढेको छ ।

तपाईंको फेसबुक ह्याक भएको भन्दै साइबर क्राइम डिपार्टमेन्टको नामबाट अश्लील फोटो तथा भिडियो पठाउन लगाउने प्रवृत्ति समेत बढ्दै गएको छ । ब्यूरोले सचेत रहन र त्यस किसिमका कल आएको खण्डमा प्रहरीलाई जानकारी गराउन आग्रह त गर्छ ।

तर त्यस किसिमको कल गर्ने व्यक्ति भने पहिचान गर्न भने सक्दैन । आखिर यस्ता अननोन अथवा प्राइभेट नम्बरबाट कसले अनि कसरी कल गरिरहेको हुनसक्छ ?

त्यसो त टेलिकम कम्पनीहरू स्वयम्‌ले समेत उच्च पदस्थ तथा भीआईपीहरुलाई यस्ता नम्बरहरु उपलब्ध गराउने चलन छ । यस्ता नम्बरहरू कति संख्यामा क-कसलाई वितरण गरिएका छन् भन्ने विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई नै गुमराहमा छ ।

कुनै निश्चित मापदण्ड बेगर सञ्चार र गृह मन्त्रालयको आग्रहमा टेलिकम कम्पनीहरूले यस्ता नम्बरहरू वितरण गर्दै आएका छन् । यसरी वितरण गरिएकै नम्बर आपराधिक गतिविधिमा प्रयोग भए/नभएको यकिन प्रमाण त छैन ।

यद्यपि त्यसको सम्भावनालाई भने नकार्न सकिन्न । यसका साथै अननोन तथा प्राइभेट नम्बर सम्बन्धी अर्को डरलाग्दो पाटो छ ।

अनौठो कुरा त यो छ कि नेपालका केही अनलाइन बजारमार्फत नम्बर नदेखिने कल गर्न तथा म्यासेज पठाउन सकिने रिचार्ज खुलेयाम रुपमा बिक्री हुँदै आएको छ । त्यस्तो रिचार्जको नाम हो, ‘स्काइप क्रेडिट’ ।

यस्तो ‘क्रेडिट’ खरिद गर्दा तपाईंले म्यासेजिङ तथा भिडिओ कलिङका लागि परिचित माइक्रोसफ्टको स्काइप एपबाट नै सजिलै नम्बर नदेखिने गरी कल गर्न र मेसेज पठाउन सक्नुहुन्छ । स्काइप क्रेडिट खरिद गर्दा त्यसको भुक्तानी गर्ने माध्यमको चिन्ता पनि तपाईंले लिनुपर्दैन ।

ईसेवा, आईएमई पे लगायतका चल्तिका मोबाइल वालेट र भिषा कार्डमार्फत सजिलै अनलाइन भुक्तानी गर्न सकिने सुविधा छ । स्काइप क्रेडिटबाट अननोन तथा प्राइभेट कल गर्ने सब्सक्रिप्सनका साथै स्काइप नम्बर खरिद गर्न सकिन्छ ।

Source : Techpana

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender