My Slides

Showing posts with label समसामयिक. Show all posts
Showing posts with label समसामयिक. Show all posts

Saturday, June 3, 2023

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

 
तराई–मधेसका विद्यालयमा गर्मी बिदा

तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रि-मनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायु जन्य गतिविधि निष्क्रिय प्रायः बनिदिए पछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो । 

मध्य तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा (लु) पनि चल्न थालेको छ, जसकारण दैनिक जनजीवन प्रभावित भएको छ । लु चल्न थालेपछि झापा, पर्सा, सप्तरी, रौतहट, सिराहा, बाँकेका कतिपय पालिकाले विद्यालयको पठनपाठन दुई दिनदेखि एक साता सम्मका लागि बन्द गरेका हुन् । 

Monday, May 22, 2023

जैविक विविधता क्षयीकरण नरोकिए मानव जीवन पनि रहन्न

 

जैविक विविधता स्वच्छ तथा सन्तुलित वातावरणको सूचक, रक्षक र परिपूरक हो । वातावरण बिग्रे जैविक विविधता असल रहन्न । जैविक विविधता बिग्रे वातावरण सन्तुलित रहन्न । सन्तुलित वातावरण भएन भने मानव जीवन स्वास्थ्य रहन सक्दैन । त्यसैले त वातावरण जोगाउनु जैविक विविधता जोगाउनु हो वा जैविक विविधता जोगाउनु वातावरण स्वच्छ, सफा र समृद्ध राख्नु हो ।

Monday, April 18, 2022

हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा कति घट्छ पेट्रोल र डिजेलको खपत ? (हिसाब सहित)

 

अहिले हप्तामा २ दिन बिदा दिने विषय मन्त्रिपरिषद बैठकमा छलफलको विषय बनिरहेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यो विषय बहसको विषय भएकाले निर्णय भईनसकेको बताएका छन् ।

Wednesday, February 23, 2022

के पुटिनले ‘सोभियत संघ’ ब्युँताउन लागेका हुन् ?

 

२०औं शताब्दीको पछिल्लो धेरै दशक सोभियत संघ विश्वभर प्रभावशाली बन्यो । ३० डिसेम्बर सन् १९२२ मा औपचारिक रुपमा स्थापित कम्युनिस्ट मुलुक ३० डिसेम्बर सन् १९९१ मा विघटित भयो ।

Sunday, November 28, 2021

नयाँ भेरिअन्ट ओमिक्रोन कस्तो छ?

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरिअन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ।

शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो

यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।

कुन-कुन मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट ?

 

कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

Thursday, September 16, 2021

के हो निपा भाइरस ?

 

भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । 

Sunday, September 12, 2021

चीनले सीमा मिचे-नमिचेको निष्कर्ष निकाल्न उत्तरी-सीमा अध्ययन टोली सिमकोटमा

 

नेपाल-चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका निम्ति गठन गरिएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ ।

मौसम अपडेट : अबको एक हप्ता गर्मी अत्याधिक बढ्ने, मनसुन कमजोर

 

अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Saturday, August 28, 2021

१२ भाषालाई सरकारी कामकाजको भाषा तोकिँदै

 

भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो । वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ ।

Monday, August 16, 2021

तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

 



अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे  । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् । 

Tuesday, August 10, 2021

नेपाललाई खतराको घण्टी : हिमाल पग्लँदै, ताल पुरिँदै

 वर्षाको चरित्र बदलिँदै, चरम मौसमी गतिविधि बढ्यो

वायुमण्डलको तापक्रम औद्योगिक क्रान्तिताकाको भन्दा १.१ डिग्री माथि 
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले पृथ्वीको औसत तापक्रम सन् २०३० भित्रै १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी दिएको छ । वैज्ञानिकहरूले अनुमान गरेभन्दा एक दशकअगाडि नै यो अनुपातमा तापक्रम बढ्ने संकेत देखिएको हो । 

Sunday, August 8, 2021

अख्तियारको प्रतिवेदन भन्छ :- प्रशासनका कर्मचारी सबैभन्दा भ्रष्ट,नासु सबैभन्दा घुस्याहा

 

कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।

व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

 

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत 'एक व्यक्ति एक स्थायी लेखा नम्बर'को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ । चालु आर्थिक बर्षको साउनदेखि भदौ १५ सम्ममा मात्रै ४ लाखले प्यान लिएका छन

Saturday, August 7, 2021

Wednesday, August 4, 2021

Fact Check: फेसबुकमा भाइरल यो तस्विरको सत्यता के ?

Fact Check: फेसबुकमा भाइरल यो तस्विरको सत्यता के ?: न्यूज ब्यूरो, २० साउन । समाजिक सँजालमा मँगलबारदेखि नै भाइरल भएको यो तस्विरमा नेपाल प्रहरीको एक जवानले पछाडी दुई...

Monday, August 2, 2021

कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर

 कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर

पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ ।

Sunday, August 1, 2021

मेलम्ची खानेपानी आयोजना : एकै रातको बाढीले चकनाचुर बनाइदियो ३५ अर्ब लगानी र २२ वर्षको मेहनत

३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चकनाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा। 

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender