My Slides

Showing posts with label घर परिवार. Show all posts
Showing posts with label घर परिवार. Show all posts

Thursday, December 16, 2021

यी हुन् घरको दोस्रो लक्ष्मी अर्थात् पत्नीमा हुनुपर्ने पाँच असल गुण !

 

यदि कुनै महिला भाग्यशाली छ भने उसको पतिको पनि जीवन सुखमय हुन सक्छ । हिन्दु परम्परा अनुसार घरको दोस्रो लक्ष्मी भनेर बुहारी अर्थात् पत्नी लाई बुजिने गर्छ । यदि कुनै घरकी बुहारी सबै गुणहरुले परिपक्क छिन् भने त्यो घरमा सधैँ शान्ति भैराख्छ र त्यस्ता घरमा लक्ष्मीले सधैब वास गरिरहने छिन् ।

Friday, November 19, 2021

यी तीन प्रकारका मानिससँग बस्दा ज्यानको समेत खतरा हुनसक्छ

 



आचार्य चाणक्य कौशल, कूटनीति र राजनीतिमा कुशल विद्वान थिए। आज पनि उनी विश्वका सर्वश्रेष्ठ विद्वानहरुमा गनिन्छन्। अर्थशास्त्रको रचना गरेको कारण उनलाई कौटिल्य भनिन्थ्यो। यसको साथसाथै उनीसँग अन्य धेरै विषयहरूको पनि गहिरो समझ थियो।

Sunday, October 24, 2021

घरमा आएका जुनसुकै पाहुनालाई पनि कहिल्यै नसोध्नुहोस यी ३ प्रश्न



‘अतिथि देवो भवः’ नेपालमा पाहुनाको लागि यो हरफ 

बोलिन्छ। यसको मतलब हो पाहुना देवता सम्मान हुन्छ।

 जब पाहुना घरमा आउँछन तब उनीहरुलाई देवतालाई 

जस्तै व्यवहार गर्नुपर्छ।

पाहुनालाई कुनै पनि समस्या हुन दिनु हुँदैन। पाहुनालाई आफ्नो कुनै पनि कुराले असर पर्नु हुँदैन। यो हाम्रो परम्परा हो साथै राम्रो व्यक्तित्व हुनुको संकेत पनि हो।

प्राय: सबैको घरमा पाहुना आईरहन्छन्। यदि कोहि तपाईको घरमा पाहुना आएको छ भने उनीहरुलाई कहिले पनि यस्तो प्रश्न सोध्नु हुदैन। सामान्यतय हामी घरमा चिनेको वा नचिनेको पाहुना आउँदा थुप्रै प्रश्न सोधेर उनीहरुलाई हैरान बनाउछौ। व्यक्तित्व विकास विशेषज्ञका अनुसार घरमा आउने पाहुनाहरूलाई कहिल्यैपनि यी प्रश्न सोध्नुहुदैन।

Monday, September 27, 2021

लोग्ने स्वास्नीको झगडाले छोराछोरीको मनमा कस्तो असर पर्छ ?

हामी अक्सर देख्छौं धेरै श्रीमान्-श्रीमतीबीचमा झगडा भैरहन्छ र कहिलेकाही यस्तो झगडा पारिवारिक विखण्डनसम्मै पुग्नसक्छ । यस्तो अवस्थामा आमाबुबाबीच झगडा र मनमुटावले निर्दोष बच्चाको जीवनलाई कुन हदसम्म प्रभावित बनाउँछ भन्ने बारेमा ख्याल गरिँदैन । मनोवैज्ञानिकहरूका अनुसार परिवार र आमाबुबाको झगडाबीच निर्दोष र अवोध बच्चा पेलिने मात्रै होइन उनीहरूले धेरै दुःख झेल्छन् । यसले साना बच्चाबच्चीको मनोविज्ञानमा नकारात्मक असर पर्छ ।

Wednesday, July 14, 2021

बच्चालाई बदल्ने कि अभिभावक स्वयं बद्लिने ?

 ‘हाम्रा बच्चाहरुको आनीबानी फेरिए । चौबिसै घण्टा मोवाइलमा झुन्डिन्छन् । गेम खेल्छन्, टिकटक बनाउँछन्, फेसबुक चलाउँछन्। मोबाइलमा उनीहरुलाई यति लिप्त भए कि, खाना खान भुल्छन् । दिसा–पिसाब गर्न अल्छी मान्छन् । रातभर सुत्दैनन् । किताब पढ्ने, घर–परिवारसँग घुलमिल हुने, बाली–बगैंचामा रमाउने, साथीभाई–आफन्तसँग कुराकानी गर्ने प्रवृत्ति हरायो ।’

Friday, June 18, 2021

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्क समान


भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ। धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ।

तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ। 

Wednesday, June 2, 2021

श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रोए

 


वर्षौ विदेश बसेर कमाउँदा पनि घरमा एक पैसा नरहेपछि श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रोए

एक यु’वा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुविधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

Monday, May 24, 2021

मोबाइलले बिगार्न सक्छ दाम्पत्य जीवन

मोबाइलले बिगार्न सक्छ जोडी, यी ४ कुरा याद गरेमा हुन्न टेन्सन

हत्केलाभरको मोवाइल अब कुराकानीको माध्याम मात्र रहेन । पृथ्वीको एक गोलार्द्धबाट अर्को गोलार्द्धमा भएका व्यक्तिसँग निमेषभरमै सन्देश आदनप्रदान गर्नेदेखि फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने, भर्चुअल कागजात संग्रह गर्ने, भिडियो हेर्ने, रेडियो सुन्ने जस्ता थुप्रै थुप्रै काम यही मोवाइलभित्र समेटिएका छन् । त्यतीमात्र होइन व्यक्तिगत सुरक्षादेखि वित्तिय कारोबारसम्ममा मोवाइलकै उपयोग हुन थालेको छ । मोवाइल एक वहुउपयोगी उपकरण हो ।

Friday, May 21, 2021

पैसा बचत गर्ने १० तरिकाहरु

 

पैसा बचत गर्ने १० तरिकाहरु




१) बजेट सिर्जना गर्नुहोस्

यदि तपाईंलाई कसरी पैसा जोगाउने भनेर ज्ञान छैन भने तपाईंले वर्षमा कति पैसा कमाउनु हुन्छ त्यसले कुनै महत्व राख्दैन । तपाईं आजीवन भाडाको घरमा बस्नुपर्ने हुन्छ ।

Saturday, April 17, 2021

दम्पतिबीच पनि आवश्यक छ शिष्टता


दम्पतीबीच पनि आवश्यक छ शिष्टचार, ढोंग वा नौटंकी होइन

शिष्टता भनेको अरुको अगाडि देखाउनुपर्छ भन्ने लाग्छ हामीलाई । तर, यो एक स्वभाव हो, प्रवृत्ति हो । हामीले अरुको लागि होइन, आफ्नो लागि शिष्ट बन्ने हो । हामी भलाद्मी वा मान्यजनको अगाडि हुँदा जसरी सभ्य भएर खानेकुरा खान्छौं, एक्लै हुँदा पनि त्यो सभ्यता कायम राख्नुपर्छ । जसरी हामी कुनै विशिष्ठ व्यक्तिको अगाडि शालिन भएर बोल्छौ, एक्लै हुँदा पनि हामीमा त्यो शालिनता रहनुपर्छ ।

Saturday, March 13, 2021

हरेक महिलाले एकचोटी पढनै पर्ने कथा

 

 एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन।

   घरठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए।

कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो। एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो।

Wednesday, June 17, 2020

खुसी रहने उपाय

कसरी रहने खुसी ?

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ । खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं।
शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन । विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ।
के नगर्ने/नबन्ने ?

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender