My Slides

Saturday, April 17, 2021

दम्पतिबीच पनि आवश्यक छ शिष्टता


दम्पतीबीच पनि आवश्यक छ शिष्टचार, ढोंग वा नौटंकी होइन

शिष्टता भनेको अरुको अगाडि देखाउनुपर्छ भन्ने लाग्छ हामीलाई । तर, यो एक स्वभाव हो, प्रवृत्ति हो । हामीले अरुको लागि होइन, आफ्नो लागि शिष्ट बन्ने हो । हामी भलाद्मी वा मान्यजनको अगाडि हुँदा जसरी सभ्य भएर खानेकुरा खान्छौं, एक्लै हुँदा पनि त्यो सभ्यता कायम राख्नुपर्छ । जसरी हामी कुनै विशिष्ठ व्यक्तिको अगाडि शालिन भएर बोल्छौ, एक्लै हुँदा पनि हामीमा त्यो शालिनता रहनुपर्छ ।

दम्पतिबीच पनि आवश्यक छ शिष्टता : अरुको अगाडि त हामी शिष्ट बन्ने प्रयास गर्छौ तर आफ्नै श्रीमान् वा श्रीमतीको अगाडि शिष्टचार पालना गर्दैनौ । भन्नलाई त के भनिन्छ भने, श्रीमान् र श्रीमतीबीच सबै कुरा उदांगो हुनुपर्छ । पारदर्शी हुनुपर्छ । केही कुरा लुक्नु हुँदैन । अर्थात स्वभाव, प्रवृत्ति, बानी व्यवहार पनि सक्कली हुनुपर्छ । नाटकिय हुनुहुँदैन । त्यही कारण हामी श्रीमती वा श्रीमानको सामुन्ने आफु जस्तो छौ, त्यस्तै रुपमा पेश हुन्छौ । कुनै ढोंग गर्दैनौ । जबकी शिष्ट बन्नु कुनै ढोंग होइन । श्रीमती वा श्रीमानको अगाडि पनि शिष्टचार पालना गर्नु कुनै बनावटी काम होइन । तर, त्यसलाई तपाईंले आफ्नो स्वभावको रुपमा विकास गर्नुभयो भने ।

दम्पतीबीच ख्यालठट्टा हुन्छ । नोकझोंक हुन्छ । मनमुटाव हुन्छ । झै-झगडा हुन्छ । यी स्वभाविक क्रिया हुन् । जब दुई अलग व्यक्ति एकाकार भएर अगाडि बढ्नुछ भने त्यसमा केही घर्षण त आवश्यक हुन्छ नै । त्यसैले श्रीमान् श्रीमतीबीच हुने नोकझोंक, मनमुटाव, झगडा वा ख्यालठट्टा, रमाइलो स्वभाविक हो । यद्यपी यति हुँदाहुँदैपनि दुबैले आफ्नो शिष्टतालाई भने भुल्नु हुँदैन । प्रेम र विश्वासको सम्बन्ध हो, दम्पत्य जीवन । यो सम्बन्धलाई कसिलो बनाइराख्नका लागि आपसी सम्मान र शिष्टचार पनि जरुरी छ । आसपी सम्मान र संवादमा शालीनता, सहजता र शिष्टता खाँचो हुन्छ ।

ख्यालठट्टा, नोकझोंकले श्रीमान्-श्रीमतीलाई थप नजिक ल्याउँछ । यो सत्य हो । यद्यपी यससँगै दाम्पत्य सम्बन्धमा शिष्टचार पनि जरुरी छ । यदि त्यसो भएन भने दाम्पत्य सम्बन्धमा आस्था र सम्मानको संकट पर्छ । आफ्ना पार्टनरप्रति गरिने व्यवहार, बोलिने भाषा सालिन हुनुपर्छ । सभ्य हुनुपर्छ । एउटाले अर्कोको कुरा वा भावनालाई सम्मान गर्नुपर्छ । दुबैले एकअर्काको भाषा बुझ्नुपर्छ । यसले दम्पतीको सम्बन्ध बलियो र सुमधुर हुन्छ । श्रीमान श्रीमतीले एकअर्काप्रति दर्शाउने शिष्टचारले परिवारको माहौल पनि बद्लिन्छ । परिवारका अन्य सदस्य एवं छोराछोरीले समेत शिष्टचारलाई आफ्नो स्वभावको रुपमा विकास गर्छन् ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender