My Slides

भनाईहरु


केही मनछुने तथ्यहरु -
  • हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर प्रहार गर्छन ।
  • मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।
  • मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।
  • बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।
  • समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?
  • प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।
  • राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।
  • सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।
  • कसैले क्या सत्य भनेका छन – ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।
  • माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ।
  • दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।
  • खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।



केही यथार्थ लाइनहरु

१. कसैले छोडेर गयो भनेर चिन्ता नगर्नुहोस् , गलत मान्छेहरु जानुपर्छ ताँकी असल मानिस हाम्रो जीवनमा आउन सकुन ।
२. सम्पत्ति त विरासतमा पनि मिल्न सक्छ , तर पहिचान आफ्नै बलमा बनाउनु पर्दछ ।
३. जब गुमाउन को लागि केही पनि हुँदैन तब पाउनको लागि धेरै कुरा हुन्छ ।
४. आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई अगाडि बढ्न सक्नु हुनेछैन ।
५. जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर गर्दछन् ।
६. पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।
७. कसैको बाध्यता र उदासीनता मा कहिल्यै पनि नहास्नु के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पिडा लिएर आफ्नो जिन्दगी जीइरहेको रहेको छ।
८. जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन ।
९. जब तपाईंको मनसाय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनु हुँदैन बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।
१०. बिना मेहनत केहि पनि मिल्दैन साथी, प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।
११. कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।
१२. व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।
१३. आजको मान्छेहरु सत्य कुरा दिल मा लिदैनन तर झुठो कुराहरु तुरुन्तै दिमागमा लिन्छन ।
१४.राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन ।
१५.  माया र मजाक हरकोहीसँग गरिदैन ।

उत्कृष्ट जीवन प्रेरक भनाइहरू


  • भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।
  • कुनै महान व्यक्तिले अवसरको कमी बारे सिकायत गर्दैन ।
  • महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
  • यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।
  • खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।
  • जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ । जति कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।
  • यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।
  • असफलताको बारेमा चिन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।
  • हरेक व्यक्तिसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।
  • अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिस हरु परिश्रम गरून ।
  • तपाई असल कार्य गरिरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनि जागी नै रहन्छ ।
  • पहिचान बाट मिलेको काम केहि समयको लागिरहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।
  • यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।
  • तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नेको ठुलो सजाय हो ।
  • कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखिर चाबीको ताला खोल्न सकीन्छ ।
  • पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।
  • कर्म यति शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।
  • यदि मानिसको एक हार हुदैमा हारेर पनि मुस्कान दिएमा, जीत्नेले पनि खुशी गुमाइदिन्छ ।
  • यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।




सफलता सम्बन्धी प्रेरक भनाइहरू


  • जीवनमा केही कुरा पनि सानो हुँदैन । एउटा व्यावहारिक आग्रह गर्ने मौका नगुमाउनुहोस्, चाहे त्यो सानो होस् । जस्तै तोरीको दाना धेरै सानो हुन्छ तर यो जब उम्रिन्छ, आफैँ जरा बन्छ । फ्लोरेन्स नाइटिङ्गल
  • सचेत नभएसम्म आवश्यकता अन्धो हुन्छ । स्वतन्त्रता आवश्यकताको चेतना हो ।– कार्ल माक्स
  • जति धेरै व्यक्ति राम्रा विचारहरूमा ध्यान दिन्छन्, त्यति नै उसकोे संसार उत्तम र ठूलो हुनेछ ।– कन्फ्युसियस
  • अर्को मानिसमा विश्वास नगर्ने र राजनीतिक समुदायसँग सम्बन्ध नबनाउने जीवन मानव जीवन नै रहँदैन ।– मार्थ नस्बम
  • थोरै कुरा धेरै शब्दमा भन्नु भन्दा धेरै कुरा थोरै शब्दमा भन्नु राम्रो हो ।–पाइथागोरस
  • तपाईं हरेक व्यक्तिलाई सुधार नगरी एक राम्रो संसार निर्माणको आशा गर्न सक्नुहुन्न । त्यसका लागि पहिले आफूलाई सुधार गर्नुपर्छ ।–म्याडम क्युरी
  • प्रतिभा एक प्रतिशत प्रेरणा हो भने ९९ प्रतिशत कडा परिश्रम र पसिना हो । थोमस एडिसन




नेल्शन मण्डेलाका महान भनाइहरू


१. तिमीले सवै महान् व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने जबसम्म सोच्दैनौँ तबसम्म म महान् कहिल्यै छैन ।

२. एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।
३. तिमी जहाँ उभिन्छौँ त्यसले नै तिमी बस्ने ठाउँ निर्धारण गर्छ ।
४. पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔँ कि उनीहरु नै अगाडि छन् ।
५. सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म तिमी आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीलेसमाज परिवर्तन गर्न सक्दैनौँ ।
६. स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।
७. जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प हामीसँग हुँदैन ।
८. यदि तिमी मेरो सफलताको मूल्याङ्कन गर्न चाहन्छौँ भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको मूल्याङ्कन गर ।
९. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ ।
१०. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्नुमा जीवनमा धेरै खुसी प्राप्त हुन्छ ।
११. जबसम्म काम समाप्त हुँदैन तवसम्म त्यो असमभव लाग्दछ ।
१२. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन ताकी यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रतालाई बढाइदिन्छ ।
१३. शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।
१४. अब सवैका लागि काम, रोटी र नुन होस् ।
१५. जिन्दगी बाँच्नका लागि जहिले पनि म बाँच्नका लागि सक्षम छुँ भन्ने सोच्नुपर्छ मनलाई कहिल्यै सानो र आशावादी बनाउनु हुँदैन ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender