My Slides

Showing posts with label Science & Technology. Show all posts
Showing posts with label Science & Technology. Show all posts

Tuesday, May 21, 2024

दिमागमा चिप राख्न चाहने मान्छे खोज्दै एलन मस्क

 

पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । 

“दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले भनेका छन्, “यो हाम्रो टेलिप्याथी साइबरनेटिक ब्रेन इम्प्लान्टले तपाईंलाई सोचेकै भरमा फोन र कम्प्युटर नियन्त्रण गर्न सघाउँछ ।”

Tuesday, January 23, 2024

सामाजिक सञ्जाल सम्बन्धी गुनासो छ ?

सामाजिक सञ्जाल सम्बन्धी कुनै गुनासो भए तलको लिंकमा क्लिक गरि गुनासो दर्ता गर्नुहोस्  👇

https://mocit.gov.np/socialplatformcomplaint?fbclid=IwAR2yvgijrUSreK3gVsN1S8XS4lH9xl69BzluQxTWZAaqSKtTCuz4ojTp3Co

 

Wednesday, December 13, 2023

खाली आँखाले नै सयौँ उल्का खसेको रमाइलो दृश्य देखिने

 

आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने 'जेमिनिड्स उल्कावर्षा' बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।

यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ।

नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।

Sunday, June 4, 2023

अमेरिकामा एकै महिनामा एआईका कारण ४००० बेरोजगार, जागिर गुमाउनेमा पत्रकार पनि

 

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण एक महिनामै ४ हजार जना बेरोजगार भएका छन् । एक अध्ययनका अनुसार अमेरिकाका विभिन्न कम्पनीहरूले यही मे महिनामा मात्रै विभिन्न पदमा रहेका ४ हजारजनालाई बर्खास्त गरेका छन् ।

Thursday, May 4, 2023

वैज्ञानिकहरूको नयाँ खोज, अब एआईले मान्छेको दिमागका कुरा पढ्न सक्ने



 "फलानो मान्छेले कुनै पनि व्यक्तिको दिमाग पढ्न सक्छ, यहाँसम्म कि सपनामा देखेको कुरा पनि बताउन सक्छ...," यस प्रकारका दाबी गर्ने तमाम व्यक्तिको बारेमा तपाईंले पनि सुन्नु भएकै होला । तर यो त्यस्तै कुनै व्यक्तिको नभएर मसिनको कुरा हो । 

Wednesday, May 3, 2023

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

 

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

सन् २०१८ को ट्युरिङ पुरस्कार विजेता तथा गुगलका च्याटबट इन्जिनियर जेफ्री हिन्टनले भविष्यमा एआईबाट निम्तिन सक्ने जोखिमको कारण देखाउँदै कम्पनीबाट राजीनामा दिएका छन् ।

Tuesday, May 2, 2023

एआईले तयार पार्‍यो रेडियो कार्यक्रम, गरियो १३ घन्टासम्म प्रसारण

 

स्विजरल्याण्डको एक रेडियो स्टेसनले एआईबाट उत्पादित कार्यक्रम प्रसारण गरेकाे छ । ‘कुलर थ्री’ नामकाे रेडियाे स्टेसनले गत अप्रिल २७ मा एआईबाट उत्पादित कार्यक्रम १३ घण्टासम्म प्रसारण गरेकाे हाे ।

Thursday, September 22, 2022

किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

 

पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ ।

Tuesday, September 20, 2022

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

 

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ईम्बेडेड सिमकार्ड (ई–सिम) को वितरण थालेको छ । केही दिनदेखि टेलिकमले सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरिरहेको थियो ।

Monday, September 19, 2022

जलवायु परिवर्तनका असर लेखाजोखा गर्न राष्ट्रिय सर्वेक्षण गरिने

 

नेपालले जलवायु परिवर्तनले पारेको समग्र प्रभावको लेखाजोखा गर्न यही वर्ष राष्ट्रिय सर्वेक्षण गर्ने भएको छ। नेपाल जलवायु परिवर्तनका कारण अत्यधिक जोखिममा रहेको हुँदा नेपालले राष्ट्रिय सर्वेक्षण गर्न लागेको हो। सन् २०१६ मा पहिलोपटक समान प्रकृतिको सर्वेक्षण गरेको केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षभित्रै ठुलो स्तरमा दोस्रो सर्वेक्षण गर्ने तयारी गरेको हो। विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले आगामी मंसिरमा हुने आम चुनावलगत्तै यो सर्वेक्षण सुरु हुने र सय दिनमा तथ्यांक संकलन गरी असार मसान्तभित्रै सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने बताए।

Friday, September 2, 2022

कुन कुन फोनमा चल्छ टेलिकमको ई-सिम ?

 

पछिल्लो समयमा नेपालमा ई-सिमको चर्चा चलिरहेको छ । विश्वका केही देशमा यो प्रविधि प्रचलनमा आइसकेको छ । बजारमा ई-सिम सपोर्ट गर्ने फोनहरू पनि आइरहेका छन् ।

नेपालमा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले ई-सिम परीक्षण सम्पन्न गरेको छ । योसँगै आधिकारिक रूपमा ई-सिम ल्याउने तयारीमा कम्पनी जुटेको छ ।

Friday, September 24, 2021

बढी भएको बिजुली अब सिलिण्डरमा भरेर राख्न सकिने, स्टोरेज गरेको एक वर्षसम्म प्रयोग गर्न मिल्ने

 

नेपालमा अहिले लगभग दुई हजार मेगावाट मात्रै विद्युत उत्पादन हुँदा पनि पूरै खपत हुन सकेको छैन। बिजुलीको औद्योगिक माग थप पाँच सय मेगावाट हाराहारी हुनुका बाबजुद वितरण पूर्वाधार पर्याप्त नहुँदा अहिले दैनिक करिब ४०० मेगावाटसम्म खपत नभएर खेर गइरहेको छ। 

Thursday, September 16, 2021

साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

 

सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्‍याे । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ ।

Saturday, August 28, 2021

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

वैज्ञानिकहरूको एक समूहले पृथ्वीको सबैभन्दा उत्तरी दिशामा रहेको टापु पत्ता लगाएको बताएको छ।

जुलाईमा वैज्ञानिकहरू सन् १९७८ मा पत्ता लगेको ओणाक टापुबाट नमुना सङ्कलनका लागि उडेका थिए।

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?

 


बदलिँदो दुनियामा सिमेन्ट हरेक भौतिक संरचना निर्माणमा नभई नहुने वस्तु बनेको छ । सिमेन्टको प्रयोगबिना भौतिक संरचना निर्माण सोच्न पनि सकिँदैन । २०७२ वैशाखको भूकम्पपछि दूरदराजका गाउँ–गाउँमा पनि सिमेन्टको प्रयोग ह्वात्तै बढ्यो । 

Wednesday, August 11, 2021

सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

 

सामसङले बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक गरेको छ । बुधबार साँझ आयोजित अनप्याक्ड इभेन्टबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड २ को अपग्रेड भर्सन ल्याएको हो ।

Monday, August 9, 2021

ह्वाट्सएपमा साइबर आतंक, फेक म्यासेजबाट डेटा चोरी र ठगी बढ्दै


 पछिल्लो समय साइबर स्क्यामका घटना बढिरहेकाे छ । स्पाम म्यासेजमार्फत हुने यस्ता घटना बढ्दा विशेषगरी सामाजिक सञ्जालका प्रयोगकर्ता प्रभावित भएका छन् ।

Sunday, August 8, 2021

चीनमा खुल्यो संसारकै ठूलो खगोल संग्राहलय

 



चीनको सांघाइमा विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान संग्राहलय छ । यो संग्राहलय विश्वकै ठूलो मात्र होइन अनौठो र अद्भूत पनि छ ।

Friday, August 6, 2021

प्रभु बैंकले सञ्चालनमा ल्यायो मसिनबाटै खातामा पैसा जम्मा गर्न सकिने मसिन

 

प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नका लागि बैंक काउन्टरमै पुग्नु पर्ने बाध्यताको अन्त्य गरेको छ । बैंकले ‘क्यास रिसाइकल मसिन’ (सीआरएम) लागू गर्दै पैसा जम्मा गर्न भौतिक रुपमा बैंकको काउन्टरमा उपस्थिति हुनुपर्ने झन्झट हटाएको हो ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender