My Slides

Tuesday, September 20, 2022

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

 

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ईम्बेडेड सिमकार्ड (ई–सिम) को वितरण थालेको छ । केही दिनदेखि टेलिकमले सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरिरहेको थियो ।

अहिले भने टेलिकमका विभिन्न काउन्टरबाट उक्त सिम निःशुल्क पाउन सकिन्छ । टेलिकमले निःशुल्क उपलब्ध गराउने ई-सिम तपाईँको डिभाइसमा सपोर्ट गर्छ या गर्दैन भन्ने जिज्ञासा लागेको हुनसक्छ ।

साथै सपोर्ट गर्ने रहेछ भने टेलिकमका विभिन्न काउन्टरबाट निःशुल्क ई-सिम एक्टिभेट गराउन सक्नुहुन्छ । आफ्नो फोनमा ई-सिम सपोर्ट गर्छ या गर्दैन भन्ने जाँच गर्नका लागि तलका विभिन्न प्रक्रिया अपनाउनुहोस ।

आईएमईआई नम्बरबाट जाँच गर्नुहोस्

तपाईँको फोनको आईएमईआई नम्बरले पनि सो फोनमा ई-सिम चल्छ वा चल्दैन भन्ने कुराको जानकारी दिएको हुन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा *#06# डायल गर्नुहोस् ।

त्यसपछि त्यहाँ विभिन्न आईएमईआई नम्बर देखिन्छन् । यदि उक्त पेजमा ईआईडी (EID) नम्बर समावेश छ भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।

स्मार्टफोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुरा यसरी हेर्नुहोस्

सन् २०१७ पछि सार्वजनिक भएका विभिन्न आईफोन मोडेलमा ई-सिम सपोर्ट हुने गरेको पाइन्छ । यदि तपाईँ आईफोन वा एन्ड्रोइ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो फोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुराको जानकारी पाउन सक्नुहुन्छ ।

आफ्नो स्मार्टफोनको सेटिङबाट उक्त विषयको जानकारी पाउन सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि सर्च बारमा गएर एड मोबाइल प्लान (Add Mobile Plan) वा एड डेटा प्लान (Add Data Plan) भन्ने अप्सन खोज्नुहोस् ।

यदि यो अप्सन भेटियो भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।

साभारः टेकपाना

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender