नक्कली नोट र बालक
अचम्मको मुद्दा
********
शत्रुलाई कसरी मित्र बनाउने ?
एउटा ६ बर्षको बालक आफ्नो ४बर्षकि बहिनीसँग बजारमा हिड्दै थियो।अचानक उसलाई उस्कि बहिनी पछाडी छुटे जस्तो लाग्यो र पछाडी फर्केर हेर्यो अनि देख्यो कि उस्कि बहिनी एउटा खेलौनाको पसल अगाडी उभिएर एउटा गुडियालाई हेरिरहेकि थिइ। अनि बहिनी भएको ठाँउमा गएर उस्ले सोध्यो; के चाहियो के मन पर्यो? बहिनिले हातले गुडिया देखाइ। केटाले आफ्नो बहिनीको हात समातेर एक जिम्मेवार दाइले जसरी त्यो गुडिया आफ्नो बहिनीलाई दियो अनि बहिनी खुशी भइ।
यो सब कुरा पसलेले हेरिरहेको थियो र त्यो देखेर आश्चर्यचकित भयो। अनि त्यो केटा काउन्टरमा गयो र पसलेसँग सोध्यो; यो गुडिया कति रुपैयाँको हो? पसले शान्त र भलादमी मान्छे थियो। उसले बालकसँग मायालु स्वभावले सोध्यो; भन बाबू तिमिले कति रुपैयाँ दिन सक्छौ?
अनि बालकले खल्तीबाट नक्कली कागजको पैसा सबै झिकेर दियो जुन
उनिहरु पैसा सम्झेर खेल्ने गर्थे। पसलेले त्यो कागज लिएर यसरि गन्दै थियो कि मानौ कसैले साँच्चिकै पैसा गन्दै छ। पैसा गनेर उ त्यो बालकतिर हेर्न के लागेको थियो बालकले सोध्यो; अंकल पैसा पुगेन र?
पसलेले भन्यो; हैन बाबु यो पैसा त त्यो गुडियाको मूल्य भन्दा पनि धेरै रहेछ पख म तिमीलाई फिर्ता दिन्छु भनेर २ वटा कागज राखेर अरु फिर्ता दियो। केटा एकदम खुशी भएर बहिनीलाई लिएर घर गयो। यो देखेर छेउमा हेरिरहेको एक जनाले आश्चर्य मानेर पसलेलाई सोध्यो: दाइ
यति महँगो गुडिया २वटा कागजको सट्टामा त्यसै दिनुभयो त किन?
पसलेले एक सन्तुष्टिको हासो हास्दै भन्यो: हाम्रो लागि यो एउटा कागज
हो तर त्यो बालकको लागि यो एक मुल्यवान चिज हो। अब यति सानो
उमेरमा उसलाई के थाहा कि पैसा के हो भनेर? तर जब उ पैसा चिन्ने हुन्छ अनि जब उसलाई याद आउँछ कि उसले नक्कली कागजले गुडिया किनेर बहिनीलाई दिएको थियो तब उसलाई मेरो याद जरुर आउनेछ अनि फेरि उसले सोच्नेछ कि .. “यो संसारमा राम्रो मान्छेले पनि भरिएको रहेछ।”
यहि कुराले उ भित्र एक सकारात्मक दृष्टिकोण बढाउन मद्दत गर्नेछ र उ पनि एउटा राम्रो मान्छे बन्नको लागि प्रेरित हुनेछ।
अचम्मको मुद्दा
अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मुद्दा दिएका थिए ।
मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।
यो मुद्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५/१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन ।
जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।
आमाले यो भनुन कि , आमा म'सँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।
कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ ।
निराश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ?
आमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्याएका थिए।
आमाले दु:ख मान्दै भनिन: मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।
आखिर न्यायाधीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।
अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्गलाई मबाट खोसियो। अदालतमा भएका न्यायाधीश-सहित सबैजना रुन लागे ।
भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झगडा होस् त यस स्तर को होस् । "आमा मेरो हो" । आमा मैले पाल्न पाउनुपर्छ भन्दै झगडा होस र बृद्वाश्रममा पुर्याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो ।
हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।।
शत्रुलाई कसरी मित्र बनाउने ?
एकादेशका राजालाई सपनामा एक साधुले भने– महाराज, दरबार छेउकाे रूखको टोड्कामा बस्ने एउटा सर्पले अघिल्लो जन्मको बदला लिन भोलि राति तपाईंलाई डस्नेछ । सावधान रहनुहोला ।
बिहान बिउँझिएपछि राजा आफूलाई कसरी बचाउने भन्ने विषयमा सोचमग्न भए । सोच्दासोच्दै उनी मिठो व्यवहारबाट शत्रुको मन जित्ने सोचमा पुगे । रात पर्दानपर्दै राजाले सन्तले भनेको रूखदेखि आफ्नो बिछ्यौनासम्मको मार्गलाई फूलैफूलले सजाउन लगाए । सुगन्धित जल छर्केर वरिपरिको वातावरणलाई सुवासित गराए । ठाउँठाउँमा मिठो दूधका कचौरा राख्न लगाए । साथै, उनले आफ्ना सेवकलाई रातको समयमा सर्प रूखबाट निस्केर दरबारतिर आउँदा कहीँ पनि कुनै प्रकारको बाधा नपुर्याउन आदेश दिए ।
विपना मै मध्यराति सर्प रूखको टोड्काबाट बाहिर निस्केर दरबारतिर लाग्यो । बाटामा आफ्नो स्वागतमा गरिएको व्यवस्थाबाट ऊ दंग पर्दै अघि बढ्यो । बाटामा बास्नादार फूलमा घस्रिँदै, मिठो दूध पान गर्दै अघि बढ्दै जाँदा उसको क्रोध क्रमशः कम हुँदै गयो । ऊ निकै प्रसन्न हुँदै अघि बढ्यो । दरबारमा पुग्दा पनि उसलाई कसैले रोकटोक गरेन । ढोकामा द्वारपाल भए पनि तिनले ससम्मान उसलाई भित्र प्रवेश गर्न दिए । कसैले पनि उसलाई अलिकति पनि हानि पुर्याएन ।
राजाको सद्व्यवहारले सर्पलाई मन्त्रमुग्ध बनायो । सर्पको मनमा राजाप्रति कायम शत्रुताको स्थानमा उनीप्रति असीम स्नेह पैदा भयो । उसमा अब राजालाई डसूँ कि नडसूँ भन्ने द्विविधा उत्पन्न भयो । राजा सुतिरहेको पलङसम्म पुग्दा सर्पको मनोभाव पूरै परिवर्तन भइसकेको थियो ।
सर्पले राजालाई भन्यो- महाराज, म तिमीलाई डसेर पूर्वजन्मको बदला लिन आएको हुँ । तर, तिमीले ममाथि देखाएको स्नेहभावले गर्दा अब म तिम्रो शत्रु होइन, मित्र बनेको छु । म मित्रताको चिनोस्वरूप आफ्नो मणि तिमीलाई दिन चाहन्छु । यसलाई स्वीकार गर । यति भनेर सर्प नागमणि राजालाई दिएर आफ्नो वासस्थानतिर फर्कियो ।
No comments:
Post a Comment