My Slides

Thursday, May 4, 2023

वैज्ञानिकहरूको नयाँ खोज, अब एआईले मान्छेको दिमागका कुरा पढ्न सक्ने



 "फलानो मान्छेले कुनै पनि व्यक्तिको दिमाग पढ्न सक्छ, यहाँसम्म कि सपनामा देखेको कुरा पनि बताउन सक्छ...," यस प्रकारका दाबी गर्ने तमाम व्यक्तिको बारेमा तपाईंले पनि सुन्नु भएकै होला । तर यो त्यस्तै कुनै व्यक्तिको नभएर मसिनको कुरा हो । 

सन् २०२३ को वर्ष सुरुवात देखि नै एआई अर्थात आर्टिफिसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) लोकप्रिय भइरहेको छ । यसका नयाँ नयाँ रूप सामुन्ने आइरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा एक नयाँ तरिका पहिचान भएको छ, जसले मानिसको दिमाग पढ्न सक्छ । 

युनिभर्सिटी अफ टेक्सासको एक रिपोर्टलाई आधार बनाउने हो भने एउटा यस्तो एआई मोडल विकास गरिएको छ, जसले मानिसको विचार पढ्न सक्छ । यो एआई सिस्टमलाई सिमेन्टिक डिकोडर नाम दिइएको छ । 

कस्तो हो यो प्रविधि ? 

यसले मानिसको दिमागी गतिविधिलाई अक्षरमा परिवर्तन गरिदिन सक्छ । यो अनुसन्धानलाई जेरि ट्याङ्ग र एलेक्स हुथले नेतृत्व गरेका छन् । यी दुवैको अध्ययन आंशिक रूपमा ट्रान्सफर मोडलमा आधारित छ ।

जसको प्रयोग गुगल बार्ड र ओपन एआई च्याट जीपीटीमा पनि गरिएको छ । पछिल्लो नवप्रवर्तन पश्चात् वैज्ञानिकहरूले यो प्रविधिमार्फत अपाङ्गता भएका तथा प्यारालाइसिसको अवस्थामा मानिसहरूलाई सहयोग पुग्न सक्ने आशा गरेका छन् । 

यो पछिल्लो प्रविधि वास्तवमा एउटा एआईमा आधारित डिकोडर हो, जसले दिमागका हर्कतलाई अक्षरमा प्रसारण गर्न सक्छ । अर्थात् यसको मद्दतले कुनै व्यक्तिको विचार पढ्न सकिन्छ । 

कसरी काम गर्छ ? 

न्युरो साइन्स तथा मेडिकल साइन्सको इतिहासमा यस्तो पहिले कहिल्यै भएको छैन । यो अध्ययनका लागि तीन जनालाई एमआरआई मसिनमा पठाइएको थियो र उनीहरूलाई कथा कहानी सुन्न भनिएको थियो । वैज्ञानिकहरूको दाबी छ कि बिना कुनै ब्रेन इम्प्लान्टको सहयोगमा सहभागीहरूको विचारलाई अक्षरमा उतारियो । 

स्मरणीय कुरा के छ भने दिमाग पढ्न सक्ने प्रविधि कुनै व्यक्तिको विचारका मुख्य बुँदाहरूलाई पकड्न सक्छ । यसको सहयोगमा हुबहु कसैको विचार पढ्न भने सकिँदैन । यद्यपि यो प्रविधिलाई प्रशिक्षित गर्ने कार्य चलिरहेको छ । यसका साथै कयौं व्यक्तिको दिमागको गोपनीयतालाई लिएर पनि सवाल उठ्न  थालेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८०

साभारः टेकपाना

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender