My Slides

Tuesday, May 21, 2024

दिमागमा चिप राख्न चाहने मान्छे खोज्दै एलन मस्क

 

पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । 

“दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले भनेका छन्, “यो हाम्रो टेलिप्याथी साइबरनेटिक ब्रेन इम्प्लान्टले तपाईंलाई सोचेकै भरमा फोन र कम्प्युटर नियन्त्रण गर्न सघाउँछ ।”

मस्कले सो भिडिओमा पहिलो सहभागी नोल्यान्ड अर्वाउझको भिडिओ राखेका छन् । सो भिडिओमा नोल्यान्ड पहिले कस्तो अवस्थामा थिए अनि चिप प्रत्यारोपण गरेपछि कस्तो अवस्थामा पुगे भन्ने देखाइएको छ । 

https://x.com/elonmusk/status/1791332539220521079?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1791332539220521079%7Ctwgr%5Ee4f1856d10e3f268165271dc8ba501403464c711%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Ftechpana.com%2F2024%2F146539%2Felon-musk-is-looking-for-someone-who-wants-to-put-a-chip-in-his-brain%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAAR0LkxkEN4EQtAMCpWENyew-LnjxGXRUVWokIcJIS-405hbgANbWu1OeBo4_aem_ARq5qNeZR7GU0iFu7CE3ncyATtSHmN91O62UM6vGBLk2XEXZh8UsyeVRhmGsb6JdyCCk-sMx1u0HgoYsqpPCleko

“यदि तपाईंमा क्वाड्रिप्लेजिया छ र तपाईं आफ्नो कम्प्युटर नियन्त्रण गर्ने नयाँ तरिका अन्वेषण गर्न खोजिरहनु भएको छ भने हामी तपाईंलाई हाम्रो क्लिनिकल परीक्षणमा भाग लिन आमन्त्रित गर्दछौं,” न्युरालिङ्कको एक्स ह्यान्डलबाट सार्वजनिक गरिएको भिडिओमा भनिएको छ । 

यसमा आवेदन दिनका लागि आवेदक अमेरिका वा क्यानेडाको बासिन्दा हुनुपर्छ । ऊ १८ वर्ष पुरा भएको हुनुपर्नेछ र उसमा क्वाड्रिप्लेजिया भएको हुनुपर्नेछ । त्यसबाहेक प्याराप्लेगिया, दृष्टि गुमेको, श्रवण शक्ती गुमेको, बोल्न नसक्ने, वा हातखुट्टा गुमेको व्यक्ति परीक्षणका लागि योग्य हुनेछन् । योग्य व्यक्तिले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

साभार - टेकपाना

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender