My Slides

Saturday, August 29, 2020

Black Hole कृष्ण छिद्र वा कालो छिद्र बारे महत्त्वपूर्ण जानकारी

 #Black_Hole_कृष्ण_छिद्र_वा_कालो_छिद्र_बारे_महत्त्वपूर्णजानकारी 🌍️

  ब्ल्याक होल   भनेको अन्तरीक्षमा रहेको  यस्तो स्थान हो  जहाँ असीमित गुरुत्वाकर्षण बल हुन्छ । जहाँ  भौतिक विज्ञानका सबै नियमहरु  फेल खान्छन। ब्ल्याक होलमा पर्ने गएको कुनै पनि कुरा  ग्रह , तारा र  प्रकाशको  किरण समेत  फुत्कन सक्दैन ।  प्रकाश बाहिर  आउन नसक्ने भएको कारणले  त्यस्तो रङ  पनि थाहा हुँदैन । वरिपरि प्रकाशले घेरेको र बीचमा कालो देखिने भएकोले  त्यसलाई ब्ल्याक होल (Black hole ) भनिएको हो।

ब्ल्याक होलका बारेमा सर्वप्रथम  १८ औँ  शताब्दीतिर चर्चा उठाइएको  थियो।  तथापि बैज्ञानिक आइन्स्टाइन्ले यसबारे पुन: अनुसन्धान गरेपछि बैज्ञानिक समुदायमा ठूलो कौतुहलता आयो । सन १९६७मा आएर भौतिक शास्त्री जोन हविलरले यस  बारेमा  नयाँ जानकारी प्रकाशमा ल्याए । उनको भनाई अनुसार ब्ल्याक होलको गुरुत्वाकर्षण शक्ति यति भयानक हुन्छ कि यसले कुनै पनि बस्तु मात्र हैन प्रकाशलाई  समेत सजिलै निल्न सक्छ ।

ब्ल्याक होल सिद्धान्तलाई स्टेफेन हकिङले विस्तृत व्याख्या गरेका थिए। उनले सन् १९९३ मा ‘द बिग ब्याङ एन्ड ब्ल्याक होल्स’ र ‘ब्ल्याक होल्स एन्ड बेबी युनिभर्सेज’ नामक दुई पुस्तक प्रकाशन गरेका थिए। मार्च १४ सन् २०१८ मा ७६ वर्षको उमेरमा हकिङको निधनन भएको थियो।

गुणा ठुलो छ । यसलाई वैज्ञानिकहरूले ,राक्षस, भनी वर्णन गरेका छन् ।

पहिलो पटक ब्ल्याक होलको तस्बिर   10अप्रिल 2019 सार्बजनिक गरिएको थियो।  । जुन पृथ्वी देखी  धरै टाढा  यम 87 आकाशगंगामा रहेको छ। यो लगभग ४० बिलियन  ठुलो छ अर्थात पृथ्वीको आकार भन्दा तीन मिलियन गुणा ठुलो छ । यसलाई वैज्ञानिकहरूले ,राक्षस ( Giant) , भनी वर्णन गरेका छन् ।

बल्याक होल पृथ्वीबाट ५०० मिलियन ट्रिलियन किलोमिटर टाढा छ । फोटो लिनको लागी दूरबिन संसारभरको आठ ठाउँमा राखिएको थियो। ती दुरबिनहरुलाई आठ वटा ठाउँबाट लिङ्क गरेर तस्बिर खिचिएको थियो ।

कसरी बनेको हुन्छ ?

वैज्ञानिकहरूको भनाइ अनुसार ब्रम्हाण्डको स्थापना हुँदा नै साना–ठूला ब्ल्याक होलाहरू बनेका हुन् । ताराहरू नष्ट भएर त्यस तारा बराबरको आकारमा ब्ल्याक होलको निर्माण भएको विश्वास गरिन्छ । ठूला ब्ल्याक होल चाहिँ अलग–अलग ग्यालेक्सीहरू छुट्टिने क्रममा विभिन्न ठुला ताराहरूका गुरूत्व शक्तिहरूबाट बनेको हुनसक्ने अनुमान छ ।

सबैभन्दा ठूलो ब्लाक होललाई ‘सुपरम्यासिभ’ भनिन्छ । यस्ता ब्ल्याकहोलहरूमा दस लाख सूर्य अटाउन सक्ने क्षमता हुन्छ । यस्ता ब्ल्याक होलहरूले आफ्नो वरपर जेजे हुन्छ सबै निलिदिन्छ । वैज्ञानिकहरूले पत्ता लगाएका अनुसार प्रत्येक ग्यालेक्सीको बिचमा एउटा सुपरम्यासिभ ब्ल्याक होल रहेको हुन्छ । हाम्रो ग्यालेक्सी मिल्की वेको विचमा रहेका ब्ल्याक होलको नाम (सागिटारियस) क्बनष्ततबचष्गक हो । जसको क्षमता ४० लाख सुर्य वरावरको छ र यसले पृथ्वीजस्ता लाखौं ग्रह अथवा ताराहरूलाई सजिलै भित्र निल्न सक्छ ।

के ब्ल्याक होलले पृथ्वीलाई नष्ट गर्छ ?

ब्ल्याक होलले ग्रह र ताराहरू नष्ट पार्छ तर त्यसले ग्रह र ताराहरू कता छ भनि खोजी गर्दै नष्ट गर्दै हिँड्ने गर्दैन । कुनै पनि ग्रह अथवा ताराहरू आफ्नो बाटोमा हिँड्ने क्रममा ब्ल्याक होलमा पर्ने हो । पृथ्वीको घुम्ने रेखाहरूमा ब्ल्याक होल छैन । र पृथ्वीले कुनै ब्ल्याक होललाई परिक्रमा पनि गर्दैन ।

हाम्रो ग्यालेक्सीमा ठुल्ठुला ब्ल्याक होल भए पनि ती पृथ्वीभन्दा धेरै टाढा छन् । अझै केही लाख वर्ष पृथ्वीको भेट कुनै पनि ब्ल्याक होलसँग नहुने वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकहरूले अन्तरिक्ष देखी र पृथ्वी बाट विशाल टेलिस्कोपको माध्यम बाट अध्यन गरि राखेका छ्न।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender