My Slides

Saturday, August 28, 2021

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

वैज्ञानिकहरूको एक समूहले पृथ्वीको सबैभन्दा उत्तरी दिशामा रहेको टापु पत्ता लगाएको बताएको छ।

जुलाईमा वैज्ञानिकहरू सन् १९७८ मा पत्ता लगेको ओणाक टापुबाट नमुना सङ्कलनका लागि उडेका थिए।

तर जब उनीहरूले आर्टीक क्षेत्रमा रहेका टापुहरूको दर्ता गर्ने डेनिश अधिकारीलाई आफ्नो अवस्थिति बताए, उनीहरू ओणाक टापुबाट ८०० मिटर उत्तरमा अर्कै स्थानमा रहेको थाहा पाए।

उनीहरूले ६० मिटर लामो र ३० मिटर चौडाइको सो टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको जमिन भएको बताएका छन्।

डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड उत्तरी ध्रुव नजिकको ठूलो टापुहरूको क्षेत्र हो।

"सो टापु मैले संयोजन गरेको डेनिस-स्वीस अध्ययन भ्रमणको क्रममा पत्ता लागेको हो," कोपनह्यागन विश्वविद्यालयको ग्रीनल्यान्डस्थित आर्टीक स्टेसनका मोर्टन रास्चले भने।

"हामी पहिले सबैभन्दा उत्तरमा रहेको ठानिएको ओणाक टापु भ्रमण गर्न चाहन्थ्यौँ।"

उनले आफ्नो टोलीले "अति चरम वातावरण भएको ओणाक टापुमा कसरी नयाँ प्रजातिहरू बाँचिरहेछन् भन्ने थाहा पाउन नमुना सङ्कलन गर्न चाहेको" बताए।

"हामी एउटा सानो हेलिकप्टरमा छ जना थियौँ र जति बेला हामी ओणाक टापु भएको ठाउँतिर पुग्यौँ, हामीले टापु देखेनौँ," उनले आर्टीक क्षेत्रको नक्सा धेरै राम्रो नभएको बताउँदै भने।

"त्यसैले हामीले टापु खोज्न थाल्यौँ। र केही रमाइलो मिनेटपछि हामी अनौठो कुनै वनस्पति नभएको माटोमा अवतरण गर्‍यौँ।"

"त्यो भ्रमण र धेरै विज्ञहरूसँगको छलफलपछि हामीले एउटा संयोगले पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको थाहा पायौँ।"

रास्चले बीबीसीलाई वैज्ञानिक हिसाबले नयाँ टापु पत्ता लगाउनु कुनै ठूलो कुरो नभएको बताए।

"तर व्यक्तिगत हिसाबले पृथ्वीको सबैभन्दा उत्तरी स्थानको हिलोमा टेक्ने पहिलो छ व्यक्तिमध्ये एक हुनु भनेको रमाइलो कुरा हो।"

ती वैज्ञानिकहरूले नयाँ टापुको नाम क्युकेर्टाक अभान्नारलेक राख्न चाहेका छन्। यो ग्रीनल्यान्डको भाषाको नामको अर्थ सबैभन्दा उत्तरी टापु हुन्छ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकाले किन्ने कुरा गरेपछि सो क्षेत्र चर्चामा छ।

डेनमार्कले ग्रीनल्यान्ड बेच्ने कुरालाई अस्वीकार गरेको थियो।

Source : BBC News

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender