My Slides

Friday, August 6, 2021

प्रभु बैंकले सञ्चालनमा ल्यायो मसिनबाटै खातामा पैसा जम्मा गर्न सकिने मसिन

 

प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नका लागि बैंक काउन्टरमै पुग्नु पर्ने बाध्यताको अन्त्य गरेको छ । बैंकले ‘क्यास रिसाइकल मसिन’ (सीआरएम) लागू गर्दै पैसा जम्मा गर्न भौतिक रुपमा बैंकको काउन्टरमा उपस्थिति हुनुपर्ने झन्झट हटाएको हो ।

बैंकले शुक्रबारदेखि यो सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवा पहिलो चरणमा बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा मात्रै उपलब्ध छ । क्रमशः यसलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

समा ग्राहकले मसिनमा गएर आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथ उक्त मसिनमा रकम जम्मा गर्ने बक्स खुल्छ । त्यसमा जम्मा गर्न चाहेको रकम राख्ने बित्तिकै तत्कालै सम्बन्धित खातामा रकम जम्मा हुने बैंकले जनाएको छ ।

त्यसको जानकारी रिसिप्ट तथा भौचरमार्फत उपलब्ध हुने बताइएको छ । बैंकका अनुसार उक्त मसिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने छ ।

यो सेवाबाट हाल प्रभु बैंकमा रहेका खातामा मात्रै लागू हुनेछ । बैंकका अनुसार आगामी दिनमा यसलाई परिमार्जन गर्दै अन्य बैंकमा रहेका खातामा समेत रकम जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ ।

Source : Techpana

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender