My Slides

Sunday, June 4, 2023

अमेरिकामा एकै महिनामा एआईका कारण ४००० बेरोजगार, जागिर गुमाउनेमा पत्रकार पनि

 

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण एक महिनामै ४ हजार जना बेरोजगार भएका छन् । एक अध्ययनका अनुसार अमेरिकाका विभिन्न कम्पनीहरूले यही मे महिनामा मात्रै विभिन्न पदमा रहेका ४ हजारजनालाई बर्खास्त गरेका छन् ।

ती मानिहरूले गरिरहेको काम अब प्रविधिले नै गर्न सम्भव भएपछि कम्पनीले उनीहरूलाई निकालेको बताइएको  छ । च्यालेन्जर, ग्रे एन्ड क्रिष्टमस नामक कम्पनीले गरेको अध्ययनमा मे महिनामा ८० हजार अमेरिकी नागरिकले जागिर गुमाएको देखिएको छ । जसमध्ये ३९०० जनाको जागिर भने एआईको कारण गएको पाइएको हो ।

यसरी रोजगारी गुमाउनेमा विशेषगरी प्रशासनिक काम गर्ने, कन्टेन्ट लेख्ने लगायतका कर्मचारीहरू रहेका छन् । यति मात्र होइन एआईका कारण रोजगारी गुमाउनेमा पत्रकार पनि परेका छन् । 

यो अवधिमा वासिङटन पोस्टले दुई कपिराइटरलाई बर्खास्त गरेको रिपोर्टमा उल्लेख छ । एआई टुलहरूले नै कपिराइटिङको काम गरिदिने भएपछि कम्पनीले कर्मचारी निकाला गरेको हो । यो भन्दा अगाडि नै सीएनएन जस्ता मिडियाहरूले पनि आर्टिकल लेख्नका लागि राखेका कर्मचारी निकाला गरिसकेका छन् । 

Source : Techpana

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender