My Slides

Wednesday, May 17, 2023

शब्दकै भरमा एनिमेसन बनाइदिने एआई टुल सार्वजनिक

शब्दकै भरमा एनिमेसन बनाइदिने एआई टुल सार्वजनिक
शब्दकै भरमा चाहेको तस्वीर बनाइदिने टुल विकास भएकाे छ । 'स्टेबल डिफ्युजन' विकासकर्ता 'स्टेबिलिटी एआई' नामक कम्पनीले याे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल हाले सार्वजनिक गरेको हाे ।

यस टुलले शब्दको आधारमा (प्रोम्ट) एनिमेसन तयार पारिदिने कम्पनीकाे दाबी छ । ‘स्टेबल एनिमेसन एसडीके’ नाम दिइएको टुलबाट डेभलपर तथा कलाकारहरूले स्टेबल डिफ्युजन मोडेल प्रयोग गरी एनिमेसन भिडिओ बनाउन सक्छन् ।

यसमा एनिमेसन बनाउन तीन विकल्प दिइएको छ, जसअन्तर्गत टेक्स्ट, टेक्स्ट र सोर्स इमेज तथा टेक्स्ट र सोर्स भिडिओ रहेका छन् । अर्थात् अब अक्षरसँगै कुनै पनि फोटो/भिडिओका आधारमा समेत एनिमेसन बनाउन सकिनेछ ।

यद्यपि कम्पनीले ड्याल-ई अथवा बिङ इमेज क्रियटरजस्तो यस टुलको वेबसाइट भने बनाएको छैन । यसैले टुल प्रयोग गर्न भने केही अफ्ठ्यारो छ । यो टुल प्रयोग गर्न कोडिङसहित अन्य प्राविधिक ज्ञान हुन आवश्यक छ । त्यस्तै यो चलाउँदा लाग्ने खर्च क्रेडिट सिस्टममा आधारित हुन्छ, जुन भिडिओको आकार र थ्रीडी रेन्डर मोडमा निर्भर हुने गर्छ ।

साभार : टेकपाना

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender