My Slides

Monday, August 9, 2021

ह्वाट्सएपमा साइबर आतंक, फेक म्यासेजबाट डेटा चोरी र ठगी बढ्दै


 पछिल्लो समय साइबर स्क्यामका घटना बढिरहेकाे छ । स्पाम म्यासेजमार्फत हुने यस्ता घटना बढ्दा विशेषगरी सामाजिक सञ्जालका प्रयोगकर्ता प्रभावित भएका छन् ।

त्यसमध्ये पनि ह्वाट्सएप यसको केन्द्रविन्दु बनेकाे छ । साइबर सुरक्षा कम्पनी कास्परस्काईले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै स्पामका घटनामध्ये धेरैजसो ह्वाट्सएपमार्फत भइरहेकाे खुलासा गरेको हो ।

जसमध्ये अनलाइन खरिदका घटनासँग सम्बन्धित स्पाम म्यासेज बढी फैलिएका छन् । कोरोनासँगै अनलाइन खरिदको नाममा विभिन्न सामान देखाएर प्रयोगकर्तालाई आकर्षण गरी ठगी गर्नेको संख्या बढेको छ ।

त्यस्ता लिंकमा क्लिक गर्दा स्क्यामरले प्रयोगकर्तालाई फेक वेबसाइटमा पुर्‍याएर त्यसमार्फत बैंक तथा कार्डको जानकारी संकलन गर्ने गरेका छन् । कास्परस्काइका अनुसार अनलाइन डेटिङ एप लगायतका एप पनि यस्ता स्पामको अर्को माध्यम बनिरहेको उल्लेख गरिएको छ ।

जसमार्फत प्रयोगकर्तालाई लोभ्याएर ठगी गर्ने, प्रयोगकर्ताको डेटा चोर्ने लगाएको काम भइरहेका उल्लेख छ । अझ ह्वाट्सएप सुरक्षासँग सम्बन्धित नयाँ नीति जारी भएसँगै ह्वाट्सएपमा यस्ता खालका घटना उल्लेख्य वृद्धि भएको समेत जनाइएको छ ।

ह्वाट्सएपमा पछिल्लो समय च्याटको नाममा राम्री महिलनाको फोटाेसहित प्रयोगकर्तालाई रिक्वेस्ट आउन थालेको छ । उक्त लिंकमा क्लिक गर्दा फेसबुकको फेक लगइनमा पुर्‍याएर त्यहाँबाट प्रयोगकर्ताको लगइन जानकारी संकलन गर्ने गरेको समेत जनाइएको छ ।

Source : Techpana

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender