My Slides

Monday, May 24, 2021

मोबाइलले बिगार्न सक्छ दाम्पत्य जीवन

मोबाइलले बिगार्न सक्छ जोडी, यी ४ कुरा याद गरेमा हुन्न टेन्सन

हत्केलाभरको मोवाइल अब कुराकानीको माध्याम मात्र रहेन । पृथ्वीको एक गोलार्द्धबाट अर्को गोलार्द्धमा भएका व्यक्तिसँग निमेषभरमै सन्देश आदनप्रदान गर्नेदेखि फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने, भर्चुअल कागजात संग्रह गर्ने, भिडियो हेर्ने, रेडियो सुन्ने जस्ता थुप्रै थुप्रै काम यही मोवाइलभित्र समेटिएका छन् । त्यतीमात्र होइन व्यक्तिगत सुरक्षादेखि वित्तिय कारोबारसम्ममा मोवाइलकै उपयोग हुन थालेको छ । मोवाइल एक वहुउपयोगी उपकरण हो ।

यद्यपि यो उपयोगी हुँदाहुँदै पनि यसका कतिपय नकारात्मक पाटो छ । यसको अर्थ मोवाइल आफैमा खराब बस्तु भने होइन । तर, यसको प्रयोगमा गरिने कतिपय असावधानी वा यसप्रतिको बढी नै आशक्ति अहिले धेरैको निम्ति समस्या बन्दै गइरहेको छ । खासगरी दाम्पतीका लागि । नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भर्‍याङ’ । अर्को यस्तै उखान छ, ‘नपाउनेले केरा पायो, बोक्रासँगै खायो ।’ यसको अर्थ कुनैपनि बस्तुको उपयोगितालाई बुझ्नुभन्दा त्यसको दुरुपयोग गर्नु । अतः मोबाइलको कारण किन दाम्पत्य जीवनमा खटपट आउँदैछ त ?

१. मोवाइल अहिले शंका पैदा गर्ने माध्याम बनेको छ । शंकाले सम्बन्धलाई सधै धरापमा राख्छ । दम्पतीवीच शंका पैदा हुने, मनमुटाव हुने, झै-झगडा हुने निहुँ मोवाइलबाटै सुरु भएको पाइन्छ, धेरैजसो अवस्थामा । जब श्रीमान् कार्यलयबाट घर र्फकन्छन्, श्रीमतीले उनको मोवाइल जाँच गर्न थाल्छिन् । दिनभरमा कसलाई फोन गरे, म्यासेज गरे, कोसँग फोटो खिचे इत्यादि ।

जब श्रीमती मोवाइल जाँच गर्न थाल्छिन्, श्रीमान्लाई झोंक चल्छ । यदि उनले कुनै छलकपट गरेका छैनन् भने उनलाई झोंक चल्छ । यदि उनले श्रीमतीलाई छलेका छन् भने त्यहीबाट झगडा सुरु हुन्छ । उनीहरुवीच विश्वासको वातावरण रहँदैन । जब दाम्पत्य सम्बन्धमा विश्वास टुट्न पुग्छ, कलह त्यहीबाट सुरु हुन्छ ।

२. श्रीमतीले मात्र होइन, श्रीमानले पनि श्रीमतीको मोवाइल कलमा सन्देह गर्न थाल्छन् । श्रीमतीले कसलाई कल गरेका छन्, किन गरेका छन् सोधीखोजी सुरु हुन्छ । हुन त आपसी शंका मेट्नका लागि यस किसिमको संवाद हुनुपर्छ पनि । यद्यपि यसमा श्रीमान् र श्रीमती दुबैको धैर्यता रहँदैन । उनीहरु एकअर्कालाई शंकालु व्यवहार गर्छन् र तर्कवितर्क गर्न थाल्छन् । यसले झगडाको रुप लिन्छ । यो त भए एकअर्काप्रति गर्ने शंका । मोवाइलले दम्पतीबीच अर्को समस्या पनि थपिदिएको छ, उपेक्षाको ।

३. जब श्रीमान वा श्रीमतीको हातमा मोबाइल हुन्छ, उनीहरु आफ्नै संसारमा मग्न हुन थाल्छन् । फेसबुक चलाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो हेर्न इत्यादि गतिविधिमा लिप्त हुन्छन् । कतिसम्म भने शयन कक्षमा पुगिसकेपछि पनि उनीहरु मोवाइलमै झुन्डिन्छन् । आपसी संवाद हुँदैन । एउटाले अर्कोलाई पूर्ण बेवास्ता गरिदिन्छ । जब दम्पतीबीच संवाद हुँदैन, अन्तरंग पल पातलिदै जान्छ, उनीहरुको प्रेम फिका हुँदै जान्छ । त्यसैगरी मोवाइलमा लिप्त भइरहँदा एकअर्काप्रति आशंका पनि बढ्न थाल्छ । खासगरी फेसबुकले यस्तो आशंका पैदा गरिदिन्छ । फेसबुक पनि अहिले दम्पतीबीच कलहको बिउँ बन्दैछ ।

४. सबै दम्पतीको स्वभाव र रुची पनि एकनास हुँदैन । कोही गीत सुन्न रुचाउँछन्, फिल्म हेर्न रुचाउँछन् । कसैलाई भने यी सबै कुरामा रुची हुँदैन । श्रीमान् र श्रीमतीबीच यस किसिमको बिजातिय स्वभाव छ भने यसले झगडा निम्त्याउँछ । अरु बेला त यसले खास फरक पार्दैन । तर, जब दम्पती शयन कक्षमा हुन्छन्, त्यसबेला एउटा पार्टनर गीत सुन्न, भिडियो हेर्न थालेमा अर्कोलाई बाधा पुग्छ । यसरी मोबाइलकै कारण विपरित रुची प्रकट हुने हुँदा उनीहरुबीच भनाभन सुरु हुन्छ । खासमा मोवाइल अति उपयोगी उपकरण हो । यद्यपि यसको प्रयोगमा केही सीमा र सर्तहरु पालना गर्नुपर्छ, खासगरी दम्पतीले । नभए यो झगडाको निहुँ बन्न सक्छ

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender