प्यारोडक्स भनेको के हो ?
शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु। मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को एकदमै फोहरी। यदि मैले उनीहरूलाई नुहाउन भने अब तिमीहरू भन कि उनीहरू मध्ये कसले नुहाउँछ होला?
विद्यार्थीले भने- जो एकदमै फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, सफा सुग्घर व्यक्तिले नुहाउँछ किनकी उसलाई नुहाउने बानी परेको हुन्छ जबकी फोहरी व्यक्तिलाई सफाईको महत्व नै थाहा हुँदैन। अब भन कसले नुहाँउछ रे?
विद्यार्थीले भने- सफा सुग्घर व्यक्तिले, सर।
शिक्षकले भने- होइन, फोहरी व्यक्तिले नुहाउँछ किनकी उसलाई सफाईको आवश्यकता हुन्छ। सफा सुग्घर व्यक्तिलाई सफाईको आवश्यकता नै हुँदैन। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- जो फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, दुबैजना नुहाउँछन् किनकी सफा व्यक्तिलाई नुहाउने बानी हुन्छ भने फोहरी व्यक्तिलाई नुहाउने आवश्यकता हुन्छ। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- दुबै जना नुहाउँछन्, सर।
शिक्षकले भने- गलत, कोही पनि नुहाउँदैनन किनकि फोहरी व्यक्तिलाई नुहाउने बानी नै हुँदैन भने सफा सुग्घर व्यक्तिलाई नुहाउने आवश्यकता नै हुँदैन। अब भन को नुहाउँछ रे?
विद्यार्थीले भने- कसैले पनि नुहाउँदैनन्, सर।
एक जना विद्यार्थीले सोधे- सर, तपाई हरेक पल्ट फरक-फरक जवाफ दिनु हुन्छ तर हरेक जबाफ सहि झैं लाग्छन्। हामीले सही जबाफ के हो भनेर कसरी थाहा पाउने?
शिक्षकले भने- यही नै प्यारोडक्स हो। आज भोलि बास्तविकता के हो भन्ने महत्वपूर्ण हुँदैन। महत्वपूर्ण त न्यूज च्यानल र सोशियल मिडियाहरूले के लाई सही साबित गर्न चाहन्छन् त्यो नै महत्वपूर्ण हुन्छ।
✍️ साभारः शिक्षक
No comments:
Post a Comment