My Slides

Saturday, May 29, 2021

अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउने तरिका

 


               अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउनेको संख्या २० लाख नाघेको छ । शनिबारसम्म अनलाइनबाटै जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाईसराई दर्ता गराउनेको संख्या २० लाख ४ हजार ७५ पुगेको हो ।

          राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अनलाइनबाट सबैभन्दा बढी दर्ता हुने व्यक्तिगत घटनामा जन्म रहेको छ । विद्युतीय प्रणाली मार्फत १० लाख ६७ हजार ७ सय ८८ वटा जन्म दर्ता अनलाइनबाट भएका छन् । 

            त्यस्तै बसाईसराई दर्ता गराउनेको संख्या २ लाख ४० हजार ९ सय ७ रहेको छ भने ४ लाख १७ हजार ४०५ विवाह अनलाइनबाट दर्ता भएका छन् । यसैगरी १२ हजार ५ सय ८५ सम्बन्ध विच्छेदका व्यक्तिगत घटना दर्ता र २ लाख ६५ हजार ३ सय ३० मृत्यु दर्ताको अनलाइनबाटै  भएका छन् ।

       अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गराउने वडा कार्यालयहरुको संख्या चार हजार ५९० पुगेको छ । आफ्नो वडामा अनलाइन घटना दर्ता सुविधा छ कि छैन थाहा पाउन यहाँ क्लिक गर्नुहोस् र उपलब्ध सूचीमा खोज्नुहोस् । यदि तपाईंको वडामा यो सुविधा उपलब्ध छ भने यहाँ क्लिक गरेर जन्म मृत्यु विवाह बसाईसराई जस्ता व्यक्तिगत घटना अनलाइनबाटै दर्ता गराउन सक्नुहुन्छ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender