My Slides

Friday, November 19, 2021

यी तीन प्रकारका मानिससँग बस्दा ज्यानको समेत खतरा हुनसक्छ

 



आचार्य चाणक्य कौशल, कूटनीति र राजनीतिमा कुशल विद्वान थिए। आज पनि उनी विश्वका सर्वश्रेष्ठ विद्वानहरुमा गनिन्छन्। अर्थशास्त्रको रचना गरेको कारण उनलाई कौटिल्य भनिन्थ्यो। यसको साथसाथै उनीसँग अन्य धेरै विषयहरूको पनि गहिरो समझ थियो।

उनले आफ्नो अनुभव र ज्ञानको आधारमा नैतिकता लेखेका छन्, जसका कुराहरु आज पनि मानिसहरू माझ धेरै लोकप्रिय छन्। आचार्य चाणक्यले त्यस्ता तीन व्यक्तिबारे बताएका छन् जोसँग बस्नु नरक समान हुन्छ।

दुष्ट पत्नी 

आचार्य चाणक्य भन्छन् कि दुष्ट र कठोर बोली बोल्ने महिलाको कारण घर नरक जस्तो हुन्छ। गलत आचरणको महिलासँग बस्दा एक न एक दिन व्यक्तिको अहित पक्कै हुन्छ। त्यसैले, आचार्य चाणक्य भन्छन् कि गलत आचरण भएकी महिलासँग बस्दा मानिसको ज्यान समेत जोखिममा पर्न सक्छ।

धूर्त साथी 

आचार्य चाणक्यका अनुसार धूर्त साथीसँग बस्नु भनेको सर्पको साथ बस्नु जस्तै हो किनकि कुनै मानिस धूर्त साथीको साथमा हुँदा मानिसको मन शंकाले भरिएको हुन्छ र ऊ कुनै पनि निर्णय लिन सक्दैन। साथी भनेको यस्तो व्यक्ति हो जसलाई तपाईंको बारेमा सबै कुरा थाहा हुन्छ। त्यसैले, धूर्त मित्रसँग रहँदा अहित पक्का छ।

हरेक कुरामा प्वाक्क जवाफ दिने नोकर 

नीतिशास्त्र अनुसार यदि नोकरले कुनै पनि चीजमा सबै कुराको जवाफ प्वाक्क दिन्छ भने यसले उसको मालिकलाई कुनै न कुनै समस्यामा अवश्य पार्छ। घरमा यस्ता नोकर छन् भने ज्यानको समेत खतरा हुनसक्छ।

साभार : बिगुल न्युज

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender