My Slides

Friday, June 18, 2021

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्क समान


भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ। धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ।

तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ। 

कुनैपनि नारीमा तलका स्वभावहरु छन्  भने नारीहरुले असल घरबारका लागि तत्काल आफ्नो स्वभाव सुधार्नु राम्रो हुन्छ।

नमिठो बोल्नेः भनिन्छ वचनको वाण निकै घातक हुन्छ। चर्को स्वरले सम्बन्ध विगार्न सक्छ। त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन्।

पैसाका लागि जे गर्न पनी तयार हुनेः श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन्। जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ।

हस्तक्षेपकारी भूमीकाः केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन्। त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ।

रुञ्चेः सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन्।

श्रीमानलाई आफ्नोमात्रै ठान्नेः यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन्।महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन्।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender