My Slides

Sunday, November 28, 2021

नयाँ भेरिअन्ट ओमिक्रोन कस्तो छ?

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरिअन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ।

शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो

यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।

पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरू थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन।बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म कोरोनाभाइरसमा भएकामध्ये अहिलेका उत्परिवर्तनले भाइरसलाई अत्यधिक सङ्क्रामक बनाएको बताएका छन्।

भाइरसमा धेरैवटा उत्परिवर्तन भएकाले एक वैज्ञानिकले यसलाई “भयानक” भनेर व्याख्या गरेका छन्।

अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन्।

नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण अन्यत्र पनि फैलिएको सङ्केतहरू देखा परेका छन्।

ओमिक्रोन भेरिअन्टबारे हामीलाई के थाहा छ?

विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो। पछि यसको ओमिक्रोन नामकरण गरियो।

यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित छ।

दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनभेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो “धेरै भिन्न” भएको र “उत्परिवर्तनको अस्वाभाविक सङ्ग्रह” देखिएको बताए।

सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वाटभन्दा बढी स्पाइक प्रोटीन भएको बताए।

धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन्। स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो।

उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।

तर यो भेरिअन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ। पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ।

स्रोत : समाजिक सञ्जाल

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender