My Slides

Monday, September 27, 2021

‘धरहराको टुप्पोबाट हाम फाल्ने’, ‘ज्यूँदै बाघ समात्ने’ जंगबहादुर राणाका १० किस्सा, यस्तो थियो उनको जीवनशैली


 नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा उदाए ।

वि.सं. १९०३ मा श्री ५ लाई बर्खात गरी श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तीले कुल्चाउँदा समेत मरेन रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका कुराहरु नेपाली समाजमा निकै पछिसम्म गाउँ गाउँमा चर्चा भइरह्यो ।

निसन्देह जंगबहादुर नेपालको इतिहासका एक जना शासक हुन् । उनले नेपालको इतिहासमा कालो युग भनिएको १०४ वर्षे राणाशासन भित्र्याए । उनले देशलाई युगौं पछि धकेल्ने काम गरे ।

जंगबहादुरका छोरा पद्यम जंगद्धारा लिखित पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’ र अन्य विभिन्न पुस्तकबाट उनीसँग जोडिएका १० चर्चित प्रसंगहरु लिएर यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।

१. पारिवारिक पृष्ठभूमि सैनिक भएकाले जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी पठ्नेतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे ।

२. उनी जहाँ जाता पनि घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दो बस्त गरेर हिड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए ।

३. जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए ।

४. जंगबहादुरको पालामा देशमा करिब–करिब तीनथरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही चरबाट उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए ।

५. एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस वर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषदमा विवाद भयो । त्यसबेला उनी मन्त्री परिषदको सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए ।त्यसपछि मामा–भाञ्जा (माथवर र जंगबहादुर) बीच चर्को भनाभन चल्यो । जंगबहादुरले भने, ‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस् ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।

६. बेलायतको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटोहुँदे गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए ।

७. जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो ।

८. जंगबहादुर बेलायत जानेबेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।

९. बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएर जाँदा बेलायतीहरू रमिता मानेर हेर्थे ।

१०. जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्किंदा नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रशस्त बोकेर फर्किए।

Source : Khabar Bihani

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender