My Slides

Saturday, October 23, 2021

घरको आगनमा तुलसीको मठ कुन दिशामा राख्ने ?

 

तुलसी भगवान विष्णुको साक्षात अवतार मानिन्छ । मनुस्य जगतले साक्षात दर्शन पाउने यस पृथ्वीमा प्राप्त हुने तुलसी सहित शालिग्राम र दुबोलाई पनि भगवान विष्णुको अवतारका रुपमा मानिन्छ । यी वस्तुहरुको सेवा गर्नाले विष्णु भगवान खुशी हुने कुरा नेपालका हिन्दू धर्मगन्थहरुका साथै विष्णु पुराणमा लेखिएको छ ।

आज हामी यीमध्ये तुलसीको बारेमा यहाँ केही जानकारी दिन चाहन्छौँ । हरेक नेपाली नागरिकले घरमा तुलसीको मठ राखेको हुन्छ र त्यहाँ असारको हरिसयनी एकादशीका दिन मठमा तुलसी रोपण गरिनछ । ती तुलसीको प्राय कात्तिकमा पर्ने हरिबोधनी ब्ब एकादशीका दिन विवाह गर्ने गरिन्छ । धर्मशास्त्र अनुसार यी दुई एकादशीका दिन ब्रत गरी तुलसीको सेवा गर्नाले फल प्राप्त हुने छ ।

यस्तो महत्वपूर्ण र पवित्र तुलसीको मठ घरको पूर्वतर्फ राख्नुपर्दछ । तुलसीको मठको सीधा घरको मूल ढोका राख्दा तुलसीबाट प्राप्त हुने अक्सिजन घरभित्रै सम्म पुग्ने गर्दछ । तुलसीले वनस्पतीमै सबैभन्दा बढी अक्सिजन दिने गर्दछ । भनिन्छ एक हजार बृक्षले भन्दा बढी अक्सिजन एक पिपलको बृक्षले दिन्छ र एक हजार पिपलको बृक्षले भन्दा बढी अक्सिजन एक मठका तुलसीले दिन सक्छन् । यी धार्मिक र अहिलेको वैज्ञानिका मान्यताअनुसार पनि प्रमाणित भएका तथ्य हुन् ।

प्राय सबै हिन्दुहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ र यसबाट घरमा शुभै शुभ हुन्छ भन्ने धार्मिक मान्यता छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ । वास्तुअनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ। कुनै मानिसको घरमा तुलसीको बिरुवा छ भने यसले समस्या आउनु अगाडि नै सचेत गराउँछ भन्ने धार्मिमक मान्यता छ। यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ । यसबाट घर परिवारमा समस्या या संकट आउन लागेको ज्ञात हुन सक्छ ।

यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ। घरको कुनै सदस्य समस्यामा परेको छ भने यसलाई तुलसीका ३ पात कुनै पनि तरिकाले खुवाएमा चमत्कारिक रुपमा परिवर्तन देखिन्छ, संकट टार्न सक्दछ । तुलसीको पात टिप्दा विष्णु भगवानलाई सम्झेर र उहाँको मन्त्रोच्चारण गरेर मात्र टिप्नु पर्दछ। तर ध्यान दिनुहोस् मंगलबार र आईतबार तुलसीको पात टिप्नु राम्रो हुँदैन।

कारोबारमा मन्दी लागेको छ भने तुलसीको सेवा गर्दा फल प्राप्ति हुन्छ । तुलसीको बिरुवामा प्रत्येक दिन बिहान शुद्ध जल, गाईको काँचो दुध र मिठाई चढाउने गरेमा व्यापारमा लागेको मन्दी हट्ने छ र व्यापार चम्किन थाल्दछ । घरमा कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्दा वास्तुदोष हटेर जान्छ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender