My Slides

Friday, December 3, 2021

‘ओमिक्रोन’ संक्रमितको लक्षण डेल्टाभन्दा फरक, स्वाद तथा गन्ध नहराउने

 

दक्षिण अफ्रिकामा उत्पत्ति भएको कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट संक्रमित बिरामीहरूले स्वाद वा गन्ध गुमाएको, नाक बन्द भएको वा शरीरको तापक्रम उच्च भएको गुनासो गरेका छैनन्। दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष एन्जेलिक कोएत्जीले बिहीबार एएनआईलाई ओमिक्रोनका अधिकांश केसहरूमा थकाई लाग्ने रिपोर्ट आएको बताइन् । यो नयाँ संस्करणका संक्रमित व्यक्तिहरूले शरीर दुख्ने गुनासो गरेको त केही संक्रमितहरूले गम्भीर टाउको दुख्ने र अत्यधिक थकाईको बारेमा आफुलाई बताएको जानकारी दिएकी दिइन् । तर कसैले स्वाद वा गन्ध हराएको कुरा नगरेको उनको भनाई थियो । संक्रमितको नाक बन्द हुने तथा उच्च ज्वरोको कुनै केसहरू देखा नपरेको उनले स्पष्ट पारिन् ।

विश्वका ३० देशमा कोरोना भाइरस ओमिक्रोनको नयाँ संस्करणका केसहरू दर्ता भएका छन् । यद्यपि यसलाई अत्यधिक संक्रामक रूपमा वर्णन गरिएको छ, तर जहाँसम्म यसको लक्षणहरूको सवाल छ, यो पुरानो संस्करण भन्दा पूर्ण रूपमा फरक छ। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको घातक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनको बारेमा अझै धेरै थाहा छैन्। तर नोभेम्बरको मध्यमा देखा परेको यो भेरियन्टको चपेटामा अहिलेसम्म विश्वका तीस देश आइसकेका छन् ।

के भन्छन् विज्ञहरु ?

प्रोफेसर एन भोन गोटबर्गले भने कि पहिले संक्रमित भएका मानिसहरूलाई डेल्टा भेरियन्टले प्रहार गर्दा धेरै समस्या थिएन। तर यो आमीक्रोनमा देखिदैन। तर, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले अहिलेसम्म गरेको अध्ययनलाई उद्धृत गर्दै ओमिक्रोनबाट संक्रमित व्यक्तिमा यस रोगको हल्का लक्षण देखिएको बताए । युरोपेली संघको जनस्वास्थ्य निकाय युरोपेली सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले आगामी केही महिनामा युरोपका आधाभन्दा बढी कोरोना संक्रमणका घटनाहरूको लागि ओमिक्रोन जिम्मेवार हुने बताएको छ।

स्रोत : सामाजिक सञ्जाल


No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender