My Slides

Wednesday, December 22, 2021

ललितपुरको पाटनमा ढल खन्दा अंशुवर्माको पालाको शिलालेख भेटियो

 

ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।

गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।



५ पङ्क्तिको अभिलेख अहिले पुरातत्त्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।

शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो अहिलेसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञ राजवंशीले बताउनुभयो । अभिलेखमा योग्रङ्ग्राम र अन्तिम पङ्क्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।

अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताउनुभयो । 


साभार : उज्यालो

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender