My Slides

Saturday, July 31, 2021

पारिजातको फुल किन सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ यस्तो छ कारण

 

परैबाट सुगन्ध आउने सेतो अनि सुन्तला रंगको नली भएको यो फुलको वास्ना जो कोहीलाई मन पर्न सक्छ । यो फुलको सुगन्धबाट इन्द्र, कृष्ण , कुवेर र सत्यभामा समेत मोहित भएको शास्त्रमा लेखिएको छ । यो वृक्षलाई दुखित वृक्षको नाम पनि दिइएको छ । रातको समयमा फुल्ने अनि सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ ।

पौराणिक कथा अनुसार, पारिजात एक राज खान्धानकी पुत्री थिइन् । उक्त राजपुत्रीले सूर्यलाई अति नै धेरै माया प्रेम गर्थिन्, तर सुर्यले नै उक्त राजपुत्रीलार्ई तिरस्कार गर्न थालेपछि सूर्यको प्रेममा डुबेकी राजपुत्रीमा वियोगको प्रेम पिडा सहन नसकेर राजपुत्री पारिजातले आत्महत्या गर्छिन् । राजपुत्रीको दाहसंस्कार भएपछि खरानी भएकी राजपुत्रीको खरानीबाट एउटा वृक्ष उत्पन्न हुन्छ जसको नाम पारिजात हो । त्यसैले यसलाई दुखित फुल भनिन्छ , भने रातको समयमा ढकमक्क फुल्ने यो फुल सुर्य उदाउनुपुर्व नै सबै भुर्ईमा झर्छ, जसबाट अनुमान लगाउन सकिन्छ कि सूर्यलाई पारिजातको फुलले मन पराउँदैन ।

यो जति सुगन्धित हुन्छ, यसको पात फुलले पनि हाम्रो स्वास्थ्यमा उति नै फाइदा गर्छ । पारिजातको फुललाई रस बनाएर खाएमा हृदय रोगहरु सन्चो हुन्छ , भने यसको ५ — ६ वटा पातलाई पानीमा उमालेर वा यसको धुलो बनाएर बिहान खाली पेटमा खाएमा बाथ तथा हाड जोर्नीको रोग निको हुन्छ ।
यसको नियमित प्रयोगले आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्ने आदिको समस्याबाट छुटकारा पाउन सकिन्छ । जसको लागि यसको पातलाई जुस बनाएर खानने गर्नुपर्छ ।

अनुहारलाई चम्किलो तथा सुन्दर बनाउन यसको फुलको लेप बनाई अनुहारमा लगाउन सकिन्छ । यसको गन्धले सारा थकान मेटाउनुको साथै जसको घरमा यसको वृक्ष हुन्छ त्यो घरमा शान्ति तथा सम्वृद्धि हुन्छ भन्ने विश्वास गरिन्छ ।

Source : Media Dainik

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender