My Slides

Wednesday, July 14, 2021

प्रधानमन्त्री देउवाले धेरै विश्वास गरेका खाण को हुन् ?


 प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटको सहयोगी र विश्वासपात्र नेताको रुपमा बालकृष्ण खाणलाई अगाडि सारेका छन् ।

देउवाद्वारा मंगलबार विस्तार गरिएको मन्त्रिमण्डलमा खाणलाई आफूपछि दोस्रो वरीयताको मन्त्री बनाएर सबै विश्वास र भरोसा खाणमाथि थोपरिदिएका छन् । देउवाले गरेको विश्वासलाई खाणले अवसर र चुनौती दुबै रुपमा हेर्न थालेका छन् ।

देउवाले खाणलाई प्रतिनिधि सभाको प्रमुख सचेतको जिम्मेवारी समेत दिएका थिए । संसदमा प्रमुख सचेतकको ठूलो भूमिका रहन्छ । संसदीय दलको नेतापछि प्रमुख सचेतकको भूमिका हुन्छ ।

खाणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले कुशल रुपमा मन्त्रालयको जिम्मेवारी बहन गर्ने देउवाको विश्वास छ । असंवैधानिक तरिकाले प्रतिनिधि सभालाई विघटन गरेको भन्दै खाणले विरोध गर्दै आएका थिए ।

विपक्षी दलहरूसँग सम्वाद गर्नेदेखि कांग्रेसलाई नेतृत्वदायी भूमिकामा लैजानमा खाणको ठूलो योगदान छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि खाणलाई राजनीतिक रुपमा मन पराउँछन् ।

नेपाली तरुण दलको अध्यक्ष रहँदा खाणले नै देशभरिका तरुणहरूलाई सक्रिय बनाएका थिए । खाणकै योगदानका कारण तरुण दल अहिले पनि बलियो अवस्थामा छ । रुपन्देही जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका खाण यस पटक केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बनेका कारण समानुपातिकबाट सांसद बनेका थिए ।

विगतमा शिक्षा राज्यमन्त्री, सिचाइँ मन्त्री र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका खाण अनुभवी मन्त्री हुन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सकेन्छन् ।

देउवाले विश्वास गरेका खाणले देउवाका साथै पार्टीका नेता र कार्यकर्ताहरूको पनि विश्वास जित्नुपर्नेछ । देउवासँग सिधै प्रतिवाद गरेर कुरा गर्न सक्ने क्षमता राख्ने खाणले सरकारलाई गलत बाटोमा जानबाट पनि रोक्नेछन् ।

माओवादी केन्द्रले गृह मन्त्रालय दाबी गरेको थियो । खाणको रुचि गृह मन्त्रालयमा रहेपछि माओवादीलाई अर्थ मन्त्रालय दिएर खाणलाई देउवाले गृह मन्त्री बनाएका छन् ।

देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खाणलाई अप्रत्यक्ष रुपमा महामन्त्रीको रुपमा देख्न चाहेको पनि संकेत मिलेको छ ।

खाणको सचिवालय बलियो छ । पार्टीका नेता कार्यकता र सचिवालयका कारण खाण अरु नेताभन्दा अलिक धेरै फरक छन् । खाण मिडियामा धेरै बोल्न रुचाउँदैनन् । गफलाई भन्दा पनि जनताको काम गरेर जनतामा भिज्न चाहन्छन् ।

Source : Republica

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender