My Slides

Wednesday, July 14, 2021

पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन् ?


असार ३०,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४३ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।
मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

शेरबहादुर देउवा वि.स‌. २००३ जेठमा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका थिए। डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन्। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। एउटा विकट स्थानमा जन्मेर पनि शेर बहादुर देउवाले राजनीतिमार्फत आफ्नो जीवन गरिब, पिछडिएको समाज, जाति, बर्ग र देशको निम्ति समर्पण गरेको पाइन्छ ।

राजनीतिक जीवन
देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए ।

देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल भएका छन्।

नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका थिए। देउवाले डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं ४ बाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघका प्रथम सभापति थिए । उनी सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा देशमा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्ए गरेका उनी सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा एक छोरा जयबीर देउवाका पिता हुन् । उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन्।

स्रोत : DC Nepal

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender