My Slides

Friday, July 23, 2021

दुबईमा क्लाउड सिडिङ प्रविधिमार्फत गराइयो कृतिम वर्षा

 

alt

दुबई । तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी दुबई शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो । भिडियोमा देखिएअनुसार झरना जसरी पानी जमिनमा झरिरहेको छ । युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ ।

 

युएईमा गर्मीका कारण बाहिर काम गर्ने मानिसहरुको अवस्था बेहाल छ । यसबाट बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । यसबर्ष यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ । मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउड सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो । गत बर्ष पनि युएईले यही प्रविधिमार्फत कृतिम वर्षा गराएको थियो ।       Source : Siraha Times

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender