My Slides

Thursday, July 8, 2021

के हो साष्टांग प्रणाम ?

हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ। मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ ।

आठवटा अंग सहित  गरिने प्रणाम भएकाले साष्टांग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ ।

यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।

महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन ।

एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकारत्यागलाई प्रतीक बनाउँछ ।

अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender