My Slides

Monday, July 5, 2021

कोल्ड ड्रिङ्स सर-सफाईकालागि यसरी प्रयोग गर्न सकिन्छ


 कोल्ड ड्रिंक्सलाई धेरै मानिसहरुको घरमा प्रवेश निषेध गरिएको हुन्छ । मानिसले जहिलेदेखि यसको सेवन हानिकारक छ भन्ने कुरा थाहा पाए । यसको सेवन नै कम हुन थाल्यो । कति शहरहरुमा त यसलाई निषेध पनि गरिएको छ । जुन व्यक्ति स्वास्थ्यप्रति सजग हुन्छन् । उनीहरु त यसलाई हात पनि लगाउँदैनन् ।

यद्यपि, आज पनि कतिपय मानिसहरु सफ्ट ड्रिंक्सबिना रहन सक्दैनन् । तर, सफ्ट डि्रङ्क्स मन नपराउने व्यक्तिहरु पनि अचेल यसलाई घरमा राख्न बाध्य भएका छन् । कोल्ड ड्रिंक्स तपाईंको स्वास्थ्यका लागि हानिकारक भएतापनि यसले तपाईंको घरको कामहरुलाई सजिलो बनाइदिन्छ । के तपाईंले कहिले सफ्ट ड्रिंक्सले लुगा धुने बारेमा सोच्नु भएको छ ? अथवा कहिले तपाईंको दिमागमा सफ्ट ड्रिंक्सले आफ्नो कारको ब्याट्री सफा पनि गर्छु भन्ने पनि सोच्नु भएको छ ? यदि सोच्नु भएको छैन भने आज हामी त्यस्ता केही त्यस्ता जानकारीहरु दिँदैछौं । जसमा सफ्ट ड्रिंक्सले घरका विभिन्न कुराहरु सफा गर्न सजिलो हुन्छ ।

किरा फट्याङ्ग्राको सफाई : तपाईंको सानो, सुन्दर बगैंचामा यदि किरा-फट्याङ्ग्राले कब्जा गरेको छ भने सफ्ट ड्रिंक्सको सहायताले तपाईंले त्यसलाई सजिलै हटाउन सक्नुहुन्छ । त्यसको लागि एउटा कचौरामा सफ्ट ड्रिंक्स राख्नुपर्छ । किरा-फट्याङग्राहरु सफ्ट ड्रिंक्सको गन्धले आकषिर्त हुन थाल्छन् र त्यसमा समावेश भएको विषले मर्छन् । सफ्ट ड्रिंक्सको सहयोगले तपाईंले कमिलाको आतंकबाट पनि मुक्ति पाउन सक्नुहुन्छ । कमिला भएको ठाउँमा सफ्ट ड्रिंक्स हालिदिनु पर्छ । कमिलाबाट घर स्वतः मुक्त हुन्छ ।

कारको हेरचाह : सफ्ट ड्रिंक्सको सहयोगले कारको ब्याट्रीको पनि हेरचाह गर्न सकिन्छ । सफ्ट ड्रिंक्समा भएको एसिड र ब्याट्रीको एसिड रिएक्ट गर्दैन । त्यसैले सफ्ट ड्रिंक्सको सहयोगले तपाईंले सजिलै कारको कोरोजनलाई हटाउन सक्नुहुन्छ । यसबाहेक तपाईं कारको बिन्डसिल्डमा जमेको बरफलाई पनि सफ्ट ड्रिंक्सको सहयोगले हटाउन सक्नुहुन्छ ।

शौचालयको सफाई : एक बोतल सफ्ट ड्रिंक्सलाई ट्वाइलेटको प्यान अथवा कमोडमा हालेर ट्वाइलेटलाई सजिलै चम्काउन सकिन्छ । प्यान अथवा कमोडमा जमेर बसेको दागलाई पनि सफ्ट ड्रिंक्सको प्रयोग गरेर सफा गर्न सकिन्छ ।

खिया हटाउन : कहिलेकाहीँ घरमा भएका औजारहरु सम्भालेर राख्दा-राख्दै पनि खिया लाग्छ । तर, सफ्ट ड्रिंक्सको सहयोगले औजारमा लागेको खियालाई पनि हटाउन सकिन्छ । त्यसको लागि खिया लागेको औजार र नट भोल्टलाई रातभरी सफ्ट ड्रिंक्स भिजाएर राख्नुपर्छ । बिहान एउटा ब्रसले घोट्ने, औजार नयाँ जस्तै चम्किन्छ ।

ग्रीजको दाग : यदि कपडामा ग्रीजको दाग लागेको छ भने त्यसलाई हटाउन धेरै गाह्रो हुन्छ । तर, सफ्ट ड्रिंक्स प्रयोग गरेर त्यो कामलाई सजिलो बनाउन सकिन्छ । उत्कृष्ट नतिजाका लागि दाग लागेको ठाउँमा सफ्ट ड्रिंक्स लगाएर केही समयको लागि त्यसै छाडिदिनुपर्छ । केही समयपछि तातो पानी र डिटर्जेन्टले कपडा धुनुपर्छ ।

तामाको भाडाको सफाई : तामाको भाँडामा पकाएको खाना अति नै स्वादिलो हुन्छ । तर, समयसँगै तामाको भाँडाको चमक पनि कम हुन थाल्छ । तामाको भाँडा चम्काउन तपाइले उपायहरु अपनाउनु भएको होला । तर, के तपाईंले सफ्ट ड्रिंक्सको सहयोगले तामाको भाँडा चम्काउनु भएको छ ? सफ्ट ड्रिंक्समा समावेश एसिडले तामाको भाँडालाई चम्किलो बनाउन सकिन्छ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender