निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ । त्यसमध्य *१०१# अथवा *९०१# डायल गरेर मोबाइलको ब्यालेन्स जाँच प्रायजसो सबैले गर्छौं ।
रिचार्ज गर्दा प्रयोग हुने *१०२# र *९०२# पनि हामी धेरैलाई थाहा भएको युएसएसडी कोड हो । यी त हरेक दिन प्रयोगमा आउने कोड भएकाले हामी सबैलाई याद नै भइरहेको हुन्छ ।
एनसेलका यस्ता धेरै कोड तथा नम्बरहरु छन, जसको प्रयोग गरेर ग्राहकले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाको उपभोग गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत एनसेलमा लिन सकिने सेवाको बारे जानकारी गराउँदै छौं ।
यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?
सेवा | कोड तथा नम्बर/म्यासेज की वर्ड | |
१. | ब्यालेन्स चेक | *१०१# अथवा *९०१# डायल गर्नुहोस् । |
२. | एनसेल रिचार्ज | *९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ । |
३. | अरुको मोबाइलमा रिचार्ज गर्न | *१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् । |
४. | ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न | १७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ । |
५. | एनसेल ब्यालेन्स ट्रान्सफर | *१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् । |
६. | मोबाइल डेटा प्याक सब्सक्राइब गर्न | *१२३# अथवा *१७१२३# डायल गर्नुहोस् । |
७. | डेटा कति बाँकी छ भनेर जानकारी लिन | *९०१# डायल गर्नुहोस अथवा ‘status‘ लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् । |
८. | एनसेल भ्वाइस प्याक लिन | *१७११८# मा डयाल गरेर अथवा १७११८ मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ । |
९. | एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर | ९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् । |
१०. | गुनासो गर्न | एनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ । |
११ | एसएलसी रिजल्ट | SEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् । |
१२ | एनसेल कलर ट्युन/पीआरबीटी लिन | १७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ । |
१३ | कल ब्यारिङ भएमा खोल्न | *३३०*००००# डायल गर्नुहोस् । |
१४ | एनसेल माई फाइभ एक्टिभ गर्न | ५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ । |
१५ | आफ्नै एनसेल माेबाइल नम्बर हेर्न | *१०३# अथवा *९०३# डायल गुर्नहोस् । |
१६ | एनसेल सापटी लिन | *९९८८# डायल गर्नुहोस् । |
१७ | अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न | *१२१२७# डायल गर्नुहोस् । |
१८ | इन्टरनेट सेटिङ प्राप्त गर्न | all टाइप गरी ९५९५ मा एसएमएस गर्नुहोस् । |
No comments:
Post a Comment