My Slides

Thursday, July 8, 2021

तिलक वा चन्दन लगाउनुका वैज्ञानिक कारण

हिन्दू धर्ममा निधारमा तिलक वा चन्दन लगाउनु विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जपपूजा गरिसकेपछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ । तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ ।

टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको ठीक बीचमा अवस्थित हुन्छ ।

यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।

आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।

साभार : सामाजिक संजाल 

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender