My Slides

Friday, July 30, 2021

महाराजगञ्जमा पारश शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

१५ साउन, काठमाडौं । पूर्वयुवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’

कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहिवेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

‘पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठायौं’ एसएसपी सिंहले अनलाइनखबरसँग भने ।

पटपटक विवादमा

पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।

२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो । तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए ।

संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थियो ।

२०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।

दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो ।

कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रविण गुरुङको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार गुरुङलाई हानेर उनको गाडी सिधै निर्मल निवास छिरेको थियो ।

पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै छ ।

साभार : Onlinekhabar

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender