My Slides

Thursday, August 12, 2021

धोबीको गधा

 



एक दिन एक जना धोबीले आफ्नो गधालाई आफ्नो घरको छतमा लिएर गयो। एकछिन छतमा घुमाएपछि जब गधालाई छतबाट तल ओराल्न लाग्यो, गधा तल झर्न मान्दै मानेन।


धेरै कोसिस गर्दा पनि धोबी सफल हुन सकेन। आखिर गधालाई छत मै छाडेर आफू तल ओर्लियो। धोबीलाई लाग्यो एक छिन पछि गधा आफै तल ओर्लेला। यही सोचेर धोबी पर्खिएर बसिरह्यो।


तर केही बेर कुर्दा पनि गधा ओर्लिएन। जब धोबीले गधामाथि नजर लगायो उसले के देख्यो भने गधाले त लातले छतलाई हानिरहेको थियो। धोबी ज्यादै चिन्तित भयो किनकी उसको घरको छत धेरै बलियो थिएन। धोबीलाई थाहा थियो घरको छतले गधाको लगातारको लात सहन सक्दैन भनेर।


धोबी दौडेर छतमा गयो र गधालाई तल झार्ने धेरै कोसिस गर्‍यो तर गधाले आफ्नो ढिपी छाड्दै छाडेन। उसले लगातार छतलाई लातले हानी रह्यो। गधाले छतलाई नै भत्काउने कोसिस गरिरहेको थियो।


धोबीले अन्तिम कोसिस गर्दै गधालाई धक्का दिंदै तल झार्न कोसिस गर्‍यो तर गधाले धोबीलाई नै लातले हान्यो। धोबी छतबाट खस्यो भने गधाले लगातार छतलाई भत्काउने कोसिस गरिरह्यो र आखिरमा छत भत्कियो। अन्त्यमा छतसंगै गधा पनि जमिनमा खस्यो। 


धोबीले यस घटनापछि धेरै बेरसम्म सोच्यो अनि आफूले आफैलाई भन्यो: हैट, गधालाई कहिल्यै माथिल्लो स्थानमा पुर्‍याउनु हुँदो रहेनछ किनकी एक त गधाले आफूले आफैलाई नै हानी पुर्‍याउँदो रहेछ, दुई गधाले आफू बसेको स्थानलाई पनि हानी पुर्‍याउँदो रहेछ र तीन गधाले जसले उसलाई माथि पुर्‍याएको हो त्यसलाई पनि हानी पुर्‍याउँदो रहेछ। 


यो कथा कसैसंग मिल्न गएमा संयोग नठान्नु होला।

~•~

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender