My Slides

Thursday, August 5, 2021

यी चिज अरुको कहिल्यै प्रयोग नगर्नु भाग्यनाश हुन्छ


यी चिज अरुको कहिल्यै प्रयोग नगर्नु 
भाग्यनाश हुन्छ

जुनसुकै मान्छेमा पनि शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो ।

जानौँ के–के हुन् ति चिज ?

कलम – तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् ।

रुमाल – अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ घडी – हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।

ओछ्यान – कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ धन – कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।

कपडा – अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।

यसैगरी भनिन्छ, बिहानीको सुरुवात राम्रो हुनुपर्छ । तब दिनभरको पर्फमेन्स राम्रो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ । त्यतीमात्र होइन, विहान गर्ने कतिपय गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ । मनलाई दुषित तुल्याउँछ । ‘मर्निङ मिस्टेक्स’ले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ ।

हत्तपत्त उठेर काममा लाग्नु : दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

स्ट्रेचिङ नगर्नु : सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

ब्रेकफास्ट नगर्नु : बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ  ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

आँखा खोल्नसाथ मोबाइल चेक गर्नु : बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन मुस्कुराउनमा कन्जुस्याँई : तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

एक्सरसाइज नगर्नु : धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

उठ्नसाथ मलमुत्र त्याग नगर्नु : कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।

साभार : चेतना पोष्ट 


No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender