My Slides

Friday, August 6, 2021

पिपललाई यस कारण पूजा गरिन्छ

 

अथर्ववेदकाअनुसार पिपलको रूख भनेको भगवानहरुको स्वर्ग हो भनिन्छ । हॉमीहरुले शनिवारको दिन यस रूखमा भगवान विष्णु साथ–साथै उनकी अर्धाङ्गिनी लक्ष्मीको बास हुन्छ ।

यसकारण शनिवारको दिन यस वृक्षमा जलको अभिषेक गरेमा भगवान प्रशन्न भई,धन लाभ समेत हुने धार्मिक विश्वास छ त्यसैगरी आयुर्वेद विज्ञानका अनुसार,पिपलका प्रत्येक अंग जस्तै पात,बोक्रा,बीऊ र यसका फलहरु औषधिमूलक हुन् र यसको सहायताले प्राचीन कालदेखि नै धेरै रोगहरू निको भएको मानिन्छ । वैदिक कालमा, पिपलको रूखका हाँगा दाउराको रुपमा प्रयोग गरिन्थ्यो,प्राचीन पुराणको एउटा घटनामा यसको वर्णन गरिएको छ ।

जसमा दानवहरुले देवताहरूलाई पराजित गर्ने क्रममा भगवान विष्णु भने पिपलको रूखमा लुके र केही समय त्यहि बसे जसका कारण हिन्दु धर्मका अनुयायीहरुको लागि ठूलो महत्व रख्दछ यसैकॉरण मानिसहरूले भगवान विष्णुलाई प्रार्थना गर्ने माध्यमको रूपमा मान्दै रूखको पूजा गर्न थालेका हुन ।

त्यसैगरि केही पौराणिक कथाका अनुसार पिपलको रूखलाई भगवानको घर भन्ने गरिन्छ । यस पिपलको जराले ब्रह्माको,जिउले विष्णु र पातले शिवको प्रतिनिधित्व गर्दछ साथै अर्को मान्यतामा भगवान कृष्णको मृत्यु पिपलको रूखमनि भएको पनि मनिन्छ

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender