My Slides

Friday, August 6, 2021

घोडा र खसीको कथा

 

एकपटक एउटा किसानको घोडा बिरामी भएछ । उसले घोडाको उपचारको लागि डाक्टरलाई बोलायो ।

डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने "तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
उ गैसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन"
दोस्रो दिन फ़ेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो "साथी तिमिले उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ। म तिमिलाई मद्दत गर्छु ल उठ ।"
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन ।"
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गरेर उठ् ! यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ। त्यसैले हिम्मत गर , उठ्ने प्रयास गर ।
घोडा जुरुक्क उठ्छ;
खसीले भन्छ: हो । स्याबास, अब दौडेर हेर तेज अझै तेज । स्याबास ।
त्यतिकैमा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ । उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो " चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसैको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको मटन बिर्यानी खुवाउछु "।
खसि काटिन्छ र भव्य भोज हुन्छ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender