एउटा मुसाले बहुमुल्य हिरा निलेछ ।
हिरा मालिकले एउटा शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछन् । जब शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो: मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए। तर त्यही झुण्डबाट छुट्टिएर एउटा मुसा अलग्गै बसेको थियो ।
शिकारीले हिरा निलेको ठोकुवा गर्दै अलग्ग बसेको मुसालाई च्याप्प समात्यो । यो देखेर अचम्मित हुँदै हिरा मालिकले सोधेछ: ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हिरा निलेको भनेर कसरी चिन्यौ?’
शिकारीले जवाफ दियो: ‘जब मूर्ख धनवान बन्छ, उ यसरी फुल्छ कि अरुसंगको मेलमिलाप नै छोडिदिन्छ ।
~*~
No comments:
Post a Comment