My Slides

Sunday, September 12, 2021

प्रेरणा का शब्दहरु

 

• जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।

• जब हामी जिउँदो हुन्छौं , हामिलाई लाग्छ कि हामिसँग खर्च गर्नका लागि प्रयाप्त पैसा छैन ।
• जब हामी संसार छाडेर जान्छौं , तब हामिले जिन्दगीभर कमाएको धन दौलत बिना खर्च नै बसिरहन्छ ।
• एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची'रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे ।...
*शिक्षा*
* सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक जिबन बाच्नु उत्तम हुन्छ ।*
•राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।
•महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।
•महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।
•आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।
•पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।
•पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ ।
•७०% गुणहरुको प्रयोग भैरहेको हुँदैन ।
🌸🌸🌸🌸🌸🌸🌸🌸
* ३०% को पुर्ण उपयोग कसरी गर्ने ।*
• स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।
•तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।
•सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।
•यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस् ।
•धनी नहुदा पनि परिपुर्ण रहनुहोस ।
💮💮💮💮
*राम्रो जीवन जिनुहोस*
•प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् ।
•खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।
•यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस ।
•पार्टिमा जानुहुन्छ भने , जिब्रोलाई नियन्त्रणमा राख्नुहोस ।
•अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस ।
🏵️🏵️🏵️🏵️
•बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू ।
•बिर्सिदिनुस - अरुले गरेको गल्तिलाई ।
•बिर्सिदिनुस- बिगतका तिता यादहरु ।
🌺🌺🌺🌺
•छोड्नुहोस - अरुलाई निचा देखाउनलाई ।
•छोड्नुहोस - अरुको सफलता देखेर डाहा गर्नलाई ।
•छोड्नुहोस - अर्काको धनको लोभ गर्न ।
•छोड्नुहोस - अर्काको कुरा काट्नलाई ।
•त्याग्नुहोस - अरुको सफलतामा दुखी हुनलाई ।
🌼🌼🌼🌼
•भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।
•यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।
•यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं उन लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।
•जिबनको अर्थ दु:ख सँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।
•यदि तपाईं यस पोस्टलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं उन करोडौं मानिसहरूमा भाग्यमानी हुनुहुन्छ , जसले हेर्न सक्दैनन् र पढ्न सक्दैनन् ।

Source : सन्तोष कार्की मौसुफको वाल

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender