My Slides

Wednesday, January 18, 2023

बैंकलाई नेपालीमा के भनिन्छ ?

 

हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ, तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो ।

हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा के भन्छन् भनेर सोध्यो भने हामीलाई गाह्रो पर्न सक्छ । सामान्यतया नेपालमा बैंक नै प्रयोग हुन्छ । आउनुहोस् जानौँ आखिर नेपालीमा बैंकलाई के भनिन्छ ? जानकारी अनुसार बैंकलाई नेपालीमा अधिकोष भनिन्छ ।

नेपाली शब्दकोषका अनुसार अधिकोष भनेको ‘सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई उचित धितो राखी ऋण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क’ हो ।

अर्कोतिर बैङ्कको अर्थ, ‘ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन, तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था’ हो ।

साभार-जनबोली बाट

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender