My Slides

Wednesday, March 1, 2023

फलफूल पकाउने रसायन - क्याल्सियम कारबाइड प्रयोग भए नभएको कसरी थाहा पाउने?

फलफूल मानव स्वस्थ को लागि अति आवश्यक बस्तु हो किनकि यसमा प्रसस्त भिटामिन र अन्य पोषण तत्व समेत रहेको हुन्छ | तर येही फलफूल लाई प्राकृत रुपमा पाक्न नदिइ कृत्रिम तरिका ले पकाउन प्रयोग गरिने क्याल्सियम कारबाइड को बारेमा केहि जानकारी लिनु पनि आवश्यक छ |

क्याल्सियम कारबाइड एक रासायनिक कम्पाउण्ड हो जसको प्रयोग औधोगिक प्रयोजन जस्तै क्याल्सियम साइनामाइड को लागि जुन मल बनाउन प्रयोग हुन्छ | क्याल्सियम कारबाइड जब पानी संग सम्पर्क हुन्छ तब acetylene Gas ( C2H2) बन्छ जसको कारण फल चाडै पाक्ने गर्दछ | हुनत फल प्राकृत रुपमा पाक्दा Ethylene gas (C2H4) को उपस्थिति हुन्छ | acetylene Gas र Ethylene gas को स्वभाब भने एउतै हुन्छ |

क्याल्सियम कारबाइड मुख्यतय स्याउ, आँप , र केरा मा प्रयोग हुन्छ | यसको प्रयोग मानब स्वस्थको लागि घातक हुन्छ किनकि यसमा आर्सेनिक र फोस्फोरस रहेको हुन्छ | कृत्रिम रुपमा पाकेको फल मानिस ले खादा विभिन्न रोगको खतरा हुन सक्छ : जस्तै मुख को अल्सर , ग्यास्ट्रिक को समस्या , झाडापखाला , छाला समन्धी रोग समेत लाग्दछ | गर्भवती महिला हरुले यस्तो फलफूल खादा miscarriages र असामान्य बच्चा को जन्म हुन्छ |

कसरि चिन्ने त फलमा क्याल्सियम कारबाइड प्रयोग भएको छ या छैन ?

- बजार बाट फल किनेर लिएपछि फल लाई एउटा बाटा वा बकेट मा पानी राखी फल लाई डुबाउदा फल डुबे प्राकृत रुपमा पाकेको मानिन्छ नत्र कृत्रिम रुपमा पाकेको हुन्छ |

- कृत्रिम रुपमा पाकेको फल को रंग कहिँ पहेलो कहिँ हरियो हुन्छ किनकि रसायन सबै तिर एकनाश ले पुग्न सक्दैन , जसको कारण sugar immature नै हुन्छ र गुलियो हुदैन | प्राकृत रुपमा पाकेको फल सबै भागमा एकनाशको रंग हुन्छ | जुन गुलियो हुन्छ |

- भित्रको गुदी पूर्ण पाकेको हुदैन कृत्रिम रुपमा पाकेको फलफुलमा भने प्राकृत रुपमा पाकेको फलफुलमा गुदी पूर्ण पाकेको हुन्छ | 

- कृत्रिम रुपमा पाकेको फलफुल अलि बढी सुक्खा र जुस को मात्र कम हुन्छ | प्राकृत रुपमा पाकेको फलफुल रसिलो र जुस को मात्र बढी हुन्छ |

-- कृत्रिम रुपमा पाकेको फल को आयु प्रक्रित रुपमा पाकेको फल को भन्दा कम हुन्छ यानी छिटो कुहिन्छ |

कति प्रयोग हुन्छ त क्याल्सियम कारबाइड?

सामान्यतय ३० के जी फलफुलको लागि २०० ग्राम क्याल्सियम कारबाइडको प्रयोग गरिन्छ |क्याल्सियम कारबाइड लाई कागज मा पोको परेर फलफूल राखेको बक्स वा बोरामा राखिन्छ |

रसायन भएको फलफूल लाई यसरी खान सकिन्छ ?

- फल लाई खानु भन्दा अघि करिब आधा घण्टा जति पानी मा भिजाई राख्ने |

- फल को बोक्रालाई पूर्ण रुपमा तासेर खाने |

- फल किन्दा बिसेष ध्यान पुराउनु होला |

- बेमौसमी फलफूल भन्दा मौसमी फलफूल किन्ने गरौ |

स्रोत : कृषि गुरु (राजेन्द्र देवकोटा बिज्ञ कृषि)

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender