My Slides

Monday, May 4, 2020

जानिराखौं मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम


May 2, 2020
काठमाडौं – नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।
हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्याएको छ ।
तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु ।
त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।
मोबाइल धेरै बेर चार्जमा नजोड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।
पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।
चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खराब यो बानीले तपाईको ज्यानै पनि लिन सक्छ ।
चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात विकिरणले मानव शरीरलाई घात गर्छ ।
मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्किएर तपाईको ज्यान पनि लिन सक्छ । नेपालमा नै मोवाइल पड्किएका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।

1 comment:

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender