My Slides

Monday, May 4, 2020

थेसिस लेख्ने तरिका


यसरी लेख्न सकिन्छ थेसिस (पाठ १ देखि २९ सम्म)


डा. मनप्रसाद वाग्ले २०७६ चैत्र ७, ००:०२


थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

पाठ १
रिसर्च प्रपोजल कसरी तयार पार्ने ?
थेसिसको प्रपोजल लेख्नेक्रममा केही विद्यार्थी तनावमा देखिनु अस्वाभाविक होइन । यसलाई तनावका रूपमा नलिई निर्माणात्मक प्रक्रियाका रूपमा बुझ्नु उचित हुन्छ । वास्तवमै यो कठिन कार्य हो । तर, जब तपाईं आफ्नो प्रपोजलमा सफल हुनुहुन्छ, थेसिसको झन्डै ५० प्रतिशत काम पूरा भएको ठान्दा हुन्छ ।
प्रपोजल तयार पार्दा धेरैलाई केमा रिसर्च गर्ने भन्ने टाउको दुखाइ हुन्छ । जुन क्षेत्रमा आफ्नो बलियो पकड छ, त्यसैलाई समात्न सक्नुभयो भने सजिलो हुन्छ । यदि तपाईं माध्यमिक विद्यालयमा विज्ञान पढाउनुहुन्छ भने तपाईंको शीर्षक माध्यमिक विद्यालयको विज्ञानसँग सम्बन्धित समस्यामा आधारित गराउन सके तनाव स्वाट्टै घट्न सक्छ ।
त्यसपछि कुन समस्या लिने भन्नेमा जानोस् । पाठ्यक्रम पाठ्यपुस्तक वा शिक्षण सिकाइ वा मूल्यांकन वा कक्षा व्यवस्थापन अथवा तपाईंले अनुभूत गर्नुभएको अन्य कुनै समस्या र त्यसपछि तपाईंको थेसिसले उक्त समस्यामा अनुसन्धान गरेर कस्ता–कस्ता प्रश्नको उत्तर खोजेको हो, विचार गर्नुहोस् । ती प्रश्न नै तपाईंको ‘रिसर्च क्वैसन’ हुन् । उदाहरणका लागि यदि तपाईं माध्यमिक तहको विज्ञान विषयमा किन विद्यार्थी बढी असफल हुन्छन् भन्ने पत्ता लगाउन चाहनुहुन्छ भने तपाईंको एउटा रिसर्च क्वैसन ‘ह्वाट आर द रिजन बिहाइन्ड स्टुडेन्टस्, फेलर इन सेकेन्डरी स्कुल साइन्स सबजेक्टस्’ हुन सक्छ । यो क्वान्टिटेटिभ रिसर्चको नमुना भयो ।
क्वालिटेटिभ गर्नुहुन्छ भने त्यसैलाई अलि परिमार्जन गरेर विज्ञान विषयप्रति विद्यार्थीले आफ्नो धारणा कस्तो बनाएका रहेछन् त भनेर ‘हाउ डु स्टुडेन्टस् पर्सिभ द लर्निङ अफ साइन्स इन सेकेन्डरी स्कुल’ भनेर अगाडि बढ्न सक्नुहुन्छ ।

पाठ २
हाउ टु राइट अ टपिक अफ रिसर्च ?
आज फेरि टपिककै बारेमा कुरा गरौं । यसअघि हामीले टपिक छान्नेबारे केही भनेका थियौं । सकभर आफ्नो रुचि र लगाव भएको टपिक छान्दा राम्रो भनेर । अर्काे एउटा उदाहरण लिउँ है । यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समूहबारे किन उनीहरू अरूको तुलनामा कमजोर भए भन्ने अनुसन्धानमा रुचि राख्नुहुन्छ भने तपाईंको टपिक के होला ?
एउटा यस्तो हुन सक्छ ‘मिनिङ या एजुकेसन टु त मार्जिनलाइज्ड ग्रुप : एन एथ्नोग्राफी अफ रुट इन नेपाल’ । यो उदाहरण यहाँ किन ल्याइएको हो भने टपिकमा के–के कुरा उल्लेख भए राम्रो होला भनेर हो । जस्तो यो टपिकले मार्जिनलाइज्ड ग्रुपको शिक्षामा एउटा इथ्नोग्राफी गर्छु भन्छ र त्यसको लोकेसन नेपाल देखाउँछ । अर्थात् मूल विषय मार्जिनलाइज्ड ग्रुपको शिक्षा र अनुसन्धान विधि इथ्नोग्राफी स्थान (नेपाल) र टपिकमा यसरी नै तीनवटा कुरा प्रस्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनुपर्दैन । यसैमा अरू विधि पनि लागू गर्न सकिन्छ ।
तपाईं केस स्टडी पनि गर्न सक्नुहुन्छ । यो क्वालिटिभ रिसर्च टाइटलको नमुना हो । क्वालिटिभ गर्नुपर्दा टपिकमा इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल, मेथड र लोकेसन खुलाउँदा राम्रो । जस्तो फोकस इन्फ्लुएन्सिङ एजुकेसन या द मार्जिनलाइज्ड ग्रुप : सर्भ अफ रुट इन नेपाल’ । 

1 comment:

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender