My Slides

Sunday, October 8, 2023

नेपालको भौगोलिक प्रदेश सम्बन्धी जानकारी

 नेपालको भौगोलिक प्रदेशहरु 


तराई प्रदेश 

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

• औद्योगिक, व्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला—ठूला औद्योगिक सहरहरू रहेका छन् ।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

मूख्य तराई
• नेपालको सबैभन्दा दक्षिणी भागमा रहेको, दक्षिण तर्फ होचिदै गएको भू–भागलाई खास तराई भनिन्छ ।
• मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
• समुद्र सतह देखि २०० मिटर उचाईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको,
• यस भागलाई नेपालको अन्न भन्डार पनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई र पश्चिमी तराई गरी विभाजन गरिएको छ ।

भावर प्रदेश
• खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाईसम्म फैलिएको साँगुरो पेटिलाई भावर क्षेत्र भनिन्छ ।
• बालुवायुक्त, फुस्रो नरम माटोले बनेको समुद्र सतहभन्दा करिब ३०० मिटरको उचाईमा रहेको,
• पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मि.सम्म र चौडाई १० देखि १५ कि.मि. सम्म फैलिएको छ,
• हरियो वन नेपालको धन भनी उखान प्रचलित गराउनमा भूमिका खेल्ने चारकोशे झाडी यसै क्षेत्रमा पर्दछ ।

भित्री मधेस
• चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाइ भित्री मधेस वा दुन क्षेत्र भनिन्छ ।
• ३२ देखि ६४ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५ % भू–भाग समेटिएको छ ।
• उदयपुर, सिन्धुली, नवलपरासी, चितवन, दाब, मकवानपुर र सुर्खेत गरी ७ जिल्ला पर्दछन् ।
• पहाडको बीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी पाइन्छ ।


तराई प्रदेशका विशेषताहरू
– नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग तराई क्षेत्रमा पर्ने,
– औद्योगिक, व्यवसायिक तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
– नेपालको अन्न भण्डारको रूपमा चिनिने,
– अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
– भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको,
– मैथिली, भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिहरूको बसोबास रहेको ।

पहाडी प्रदेश 
• तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
• नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४०.३१% (१,१७,५७,६२४) जनता पहाडी प्रदेशमा बस्छन् ।

• नेपालको कूल क्षेत्रफलको ६८ % भू–भाग ओगटेको,
• कृषि पेशा नै यहाँको प्रमुख पेशा,
• भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उप–क्षेत्रमा बाँड्न सकिन्छ ।
• यहाँ ब्राम्हण, क्षेत्री, किराँत, गुरूब, मगर, तामाब, राई, लिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

क) मध्य भूमिभित्री (पहाड)
• हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृब्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तर–दक्षिण) रहेको छ भने उचाई समुद्र सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ ।
• विश्वकै गहिरो (४५७ मिटर) अरूण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
• यस क्षेत्रमा विभिन्न टारहरू र कोशी, गण्डकी, त्रिशुली, सुनकोशी, अरूण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।

ख) महाभारत लेक
• मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृब्खलालाई नै महाभारत लेक भनिन्छ ।
• यो क्षेत्रलाई कोशी, गण्डकी, कर्णाली आदि नदीहरूले काटेका छन् ।
• रमणीय र स्वस्थ्यकर हावापानी भएको कारणले महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी पनि भनिन्छ ।
• महाभारतको सबै भन्दा अग्लो चुचुरा शैलुब पर्वत दोलखा जिल्लामा पर्दछ ।
• यसको उचाई करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
• ग्राफाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ ।

ग) चुरे पर्वत
• महाभारत पर्वत श्रृब्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत शिवालिक श्रेणी) भनिन्छ ।
• यो पर्वत बलौटे ढुङ्गा, रोडा, कंकड, पत्थर, बालुवा, अभ्रख आदि मिलेर बनेको छ ।
• पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग ९४६२ फिट उचाई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।
पहाडी प्रदेशका विशेषताहरू
– देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भू–भाग ओगटेको,
– कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रूपमा अपनाइने गरेको,
– देशको राजधानी काठमाडौँ यसै क्षेत्रमा पर्ने,
– पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,
– हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
– विविधतायुक्त रहनसहन, भेषभुषा तथा संस्कृतिको थलो,
– मनोरम एवं स्वस्थ्यकर हावापानी आदि ।

हिमाली प्रदेश

• समुद्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भू–भागलाई हिमाली प्रदेश भनिन्छ ।
• उत्तर–दक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भू–भाग ओगटेको छ ।
• नेपालको राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.०८% (१७,७२,९४८) जनता हिमाली क्षेत्रमा बसोबास गर्दछन् ।
• नेपालको १६ जिल्लाको अधिकांश भू—भाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।

• पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
• भू—बनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
• यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाबी आदि जातिका मानिसहरू बसोबास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन सकिन्छ ।

मुख्य हिमाल
५००० मिटरभन्दा अग्ला सबै हिमाली श्रृब्खलाहरू पर्ने क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । यस क्षेत्रमा विश्वका ८००० मिटर भन्दा अग्ला १४ सर्वोच्च शिखरहरू मध्ये ८ वटा हिमशिखरहरू नेपालमा पर्दछन् ।

भित्री हिमाल
मुख्य हिमालको उत्तर र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चारैतिर उच्च हिमश्रृब्खलाले घेरिएको हिमाली उपत्यकाहरूलाई भित्री हिमाल वा नेपालको भोट प्रदेश पनि भनिन्छ । यस अन्र्तगत २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका हिमश्रृब्खलाहरू पर्दछन् ।

सीमान्त हिमाल
मुख्य हिमालको उत्तर, तिब्बती सीमाक्षेत्रको दक्षिण ३० कि.मि. देखि ४५ कि.मि. चौडाईमा नेपालको पश्चिमी भागमा अति उच्च हिमशिखरहरूभन्दा केही होचा मझ्यौला उचाईका हिमशिखर पाइने क्षेत्रलाई सीमान्त हिमाल भनिन्छ ।

हिमाली प्रदेशका विशेषताहरू
•  देशको कूल क्षेत्रफलको १५ प्रतिशत भू–भाग ओगटेको ।
•  बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू पाइने
•  ठूला–ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
•  विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल यही क्षेत्रमा अवस्थित रहेको,
•  अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो र शून्य हावापानी तथा उब्जाउयुक्त भूमि कम,
•  बौद्ध धर्मावलम्बीको बाहुल्यता,
•  पशुपालन मुख्य व्यवसाय,
•  पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमचुचुरा एवं पदमार्गहरू आदि ।


No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender