My Slides

Tuesday, November 30, 2021

दिमाग शान्त र सकारात्मक राख्नको लागि नगर्नुहोस् यि कामहरु

 

सकारात्मक र खुशी जीवनको लागि व्यक्तिको सोंच सकारात्मक हुनु जरुरी छ । र, त्यसको लागि व्यक्तिको दिमाग शान्त हुनुपर्छ । शान्त र सकारात्मक दिमागले काममा प्रगतितिर मात्र लैजादैन, मानसिक र शारीरिक रुपमा स्वस्थ समेत बनाउँछ ।

दिमाग शान्त र सकारात्मक राख्नको लागि नगर्नुहोस् यी कामहरु :

१) पत्रपत्रिका पढ्दै हुनुहुन्छ, टेलिभिजन हेर्दै हुनुहुन्छ भने नकारात्मक संदेश दिने किसिमका सामग्रीहरुमा समय नदिनुहोस् । त्यस्तै दुर्घटना या दुखद खबरहरु खोजी खोजी पढ्ने, त्यस्ता समाचारहरुमा घोत्लिने नगर्नुहोस् ।

२) आजकल सामाजिक संजालमा हामीले धेरै समय बिताउने गर्छौं । युट्युबमा च्यानल चलाउन या भाइरल हुनकै लागि जस्तोसुकै सामग्री पनि अपलोड भइरहेका हुन्छन् , कसैको व्यक्तिगत कुरालाई ठूलो मुद्दा बनाइएको हुन्छ, अनावश्यक कुरालाई ठूलो मुद्दा बनाइएको हुन्छ ।

३) त्यस्ता सामग्रीबाट टाढा रहनुहोस् । त्यस्तै, फेसबुकमा अनावश्यक कमेन्ट गर्ने, अनावश्यक कुराहरु पोस्ट गर्ने, गालीगलौज गर्ने काम आफू पनि नगर्नुहोस् र त्यसो गर्ने व्यक्तिलाई साथी पनि नबनाउनुहोस् ।

४) कुनै पनि नराम्रो कुरा या परिस्थितिलाई तपाईंले परिवर्तन गर्न सक्नुहुन्छ भने पहल गर्नुहोस् तर त्यसलाई तपाईंले परिवर्तन गर्न सक्नुहुन्न भने त्यो कुरालाई आफ्नो दिमागमा राखी नरहनुहोस् ।

५) पैसालाई बढी महत्व नदिनुहोस् । पैसालाई बढी महत्व दिनाले दिमागको शान्ति खलबलिन्छ । त्यस्तो व्यक्ति कहिल्यै खुशी र सन्तुष्ट रहन सक्दैन ।

६) कामबाट पाउने आत्मसन्तुष्टि, जीवनका हरेक पलले दिने खुशी र अनुभवहरुलाई महत्व दिनुहोस् । यस्तो भइदिएको भए हुन्थ्यो भनेर नसोंच्नुहोस् ।

७) जे हुनु थियो, त्यो भइसक्यो । त्यस्तै, यस्तो भइदिए हुन्थ्यो भनेर नबस्नुहोस् । भाग्यमा धेरै विश्वास गरेर आफ्नो भविष्य बारे चिनापत्र या हस्तरेखा देखाउंदै हिंड्ने नगर्नुहोस् ।

८) जे चाहनुहुन्छ, त्यसको लागि पहल गर्नुहोस् र जस्तोसुकै नतिजाको पनि सामना गर्ने आत्मविश्वास राख्नुहोस् ।

९) आफूलाई या आफ्नो जीवनलाई अरुसंग तुलना नगर्नुहोस् । त्यसो गर्ने व्यक्ति सधै दुखी र अशान्त रहन्छ ।

१०) खाली नबस्नुहोस् । भनाइ नै छ, ” खाली दिमाग सैतानको घर ” । आफूलाई सधै केही न केही काममा व्यस्त राख्नुहोस् ।

११) संगतले मान्छेको सोंच, बानी, जीवनशैली हुँदै समग्र जीवनमा नै प्रभाव पार्छ । त्यसैले नकारात्मक सोंच राख्ने व्यक्तिहरुको संगत नगर्नुहोस् ।

साभार : अनमोल विचार

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender