My Slides

Monday, May 22, 2023

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतलाई किन हटाइयो ?

 

विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रुइतको जीवनी हटाएसँगै केन्द्रको चौतर्फी आलोचना समेत भइरहेको छ। संभवत नेपालीहरुमध्ये विश्वमै सबै भन्दा चर्चित ब्यक्ति जसलाई विश्वका ठूला ठूला देशका राष्ट्रप्रमुखहरु भेट्न ललायित छन् तिनै डा. रुइतको जीवनीलाई माध्यमिक तहबाट हटाइनुलाई स्वयं विद्यालयका प्रधानाध्यापकहरुलाई निराष बनाएको छ।

काठमाडौंको पुतली सडकमा रहेको पद्मोदय स्कुलका प्रधानाध्यापक नारायण गौतमका अनुसार कक्षा १० को जीवनीमा डा. रुइतको जिवनको पुर्ण कथा समेटिएको थियो । यसले नयाँ पुस्ताका विद्यार्थीमा स्वदेशमै बसेर पनि राष्ट्रकोलागि काम गर्न सक्ने उत्साह बढाउन्थ्यो ।

‘नेपालको दुर्गम क्षेत्रको  समान्य परिवारमा जन्मेर पनि आफनो इच्छाशक्ति बलियो भए विश्वप्रख्यत बन्न सक्ने सन्देश डा. रुइतको पाठले नयाँ पुस्तालाई दिएको थियो ,’ प्रअ गौतमले जीवनीको सन्देश दिँदै भने  ‘हालै उनले विश्वको सबै भन्दा ठूलो ईशा अवार्ड पनि पाएका हुन्। माध्यमिक तहमा डा. रुइतको पाठले कम्तीमा नयाँ पुस्ताका यसवाहरुमा स्वदेशमै बसेर केहि गर्न सक्ने आँट पलाएको थियो।’ उनले थपे ‘पाठ्यक्रम विकास केन्द्रमा विज्ञको नाममा बसेका विज्ञहरुको अदुरदर्शीताको उपज हो डा. रुइतको जीवनी हटाइनु।’

विश्वको हरेक ठूला मिडियाले कभर गरेको डा. रुइत , जसले आफ्नै हातले एक लाख बढीको आँखाको ज्योति फर्ककाएर प्रसंसनीय कार्य गरेका छन् भने उनले विकास गरेको रुइतेक्टोमी मार्फत विश्वमै सर्वशुलक रकममा आँखाको ज्योति प्राप्त गर्न सफल भएका छन्। यस्ता विश्वविख्यात ब्यक्तिको जिवनीलाई कक्षा १०को नेपाली पाठ्यक्रमबाट हटाइनु रहस्यको विषय भएको भन्दै समाजिक संजालमा चौतर्फी आलोचना भइरहेको छ।  

कक्षा १०को नेपाली पाठ्यपुस्तकमा पाठ ३ मा सन्दुक रुइत भन्ने ८ पृष्ठको जिवनी समेटिएको थियो। नेपाल र नेपालीको गौरबलाई विश्वसामु चिनाउने डा. रुइत विसं २०११ भदौं १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मेका हुन्। उनले तिलगङ्गा आँखा अस्पतालको स्थापना र रुइतेक्टोमीको अविस्कार गरि उनी विश्वमा चर्चित त भए साथै उनी अझै पनि उनी आँखा शिविरनै संचालन गरी गाउँठाउँमा घुम्ती शिविरमार्फत सुगमदेखि दुर्गम क्षेत्रसम्म आँखाको उपचार गर्दै आएका छन्।  

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले पाठ्यक्रमले कक्षा १० को नेपालीबाट डा. रुइतको जीवनी हटाए पनि कक्षा १० कै विज्ञानमा केहि अंश समावेस गरिदिएको जनाए । साथै उनले हाल नयाँ पाठ्यक्रमले कक्षा सात र आठको पाठ्यक्रम र पाठ्यपुस्तका डा. रुइतको जिवनी समेटेको जनाए। ‘साना कक्षामा राखेर मावि तहबाट डा. रुइतको जिवनी हटाएको बुझिन्छ ,’ प्रअ कँडेलले नागरिसँग भने ‘तर विद्यार्थीलाई यस्ता राष्ट्रको गौरव र प्रेरणादायी ब्यक्तिको जिवनी मावि तहमै फलदायी हुन्छ।’  

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुन्ठ अर्यालले केन्द्रले डा. रुइतलाई सम्मान गर्दै उनले हालै प्राप्त गरेका विश्वप्रसिद्ध ईशा अवार्ड समेतलाई समेटेर कक्षा ७ र कक्षा ८को पाठ्यक्रम र पाठ्यपुस्तका समावेश गरेको दाबी गरे। ‘नयाँ पाठ्यक्रमले कक्षा ७ र ८ मा नेपाली र अंग्रेजी दुबै विषयमा डा. रुइतको जीवनी समेटिएको छ ,’ महानिर्देशक अर्यालले स्पष्ट पारे ‘नयाँ पाठ्यक्रम अनुसार कक्षा १० बाट हटाइयो। अन्य गौरबशाली ब्यक्तीत्वलाई पनि स्थान दिएको छ।

Source : Nagarik Daily

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender