My Slides

Tuesday, July 27, 2021

रविन्द्र मिश्र र कमल थापाको वाटो एउटै, कहिले हुन्छ एकिकरण ?



 मङ्गलबार, १२ साउन २०७८ गते प्रकाशित - नेपाल आज

रविन्द्र मिश्र र कमल थापाको वाटो एउटै, कहिले हुन्छ एकिकरण ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सोमवार पत्रकार सम्मेलन गरी संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरे। ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका छन् ।

मिश्रले उक्त दस्तावेज छलफल तथा बहसका लागि प्रस्तुत गरेका हुन् । दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरूमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी, किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?, कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?, हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रक्रिया, वैकल्पिक राजनीति÷कल्याणकारी लोकतन्त्र के हो, के होइन ?, राजनीतिक–सामाजिक एजेण्डा, राजनीतिक–आर्थिक एजेण्डा, परिशिष्टः भावना र भूमिका छन् ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच २२ मंसिर ०७७ मा दोस्रो पटक एकता भएर वनेको पार्टी हो – विवेकशील साझा पार्टी। अहिलेसम्म पार्टीको विधान पनि बनेको छैन । 

विधान कार्यदलका संयोजक सञ्जीव भट्टराई (पूर्वविवकेशील समूह) र समीक्षा बाँस्कोटा (पूर्वसाझा समूह) ले विधानको खाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेलाई बुझाएको ३ महिना भइसक्यो । विधानमा संयोजक पाण्डेको विमति छैन, तर अध्यक्ष मिश्रले अघि बढाउन सहमति दिएका छैनन् ।

पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन विवेकशील र साझाबाट समान ६५÷६५ जना सदस्य छन्।, जसमध्ये पूर्वविवेकशीलका सबै एकठाउँमा छन् । साझा पार्टीबाटै आएका नेताहरु समेत आफ्नो प्रस्तावको विपक्षमा उभिने देखेपछि मिश्रले यो प्रश्ताव पार्टीमा राख्नै सकेनन्। 

त्यसैले प्रस्तावनामै ‘संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई सुदृढ बनाइने छ’ उल्लेख भएको विधानलाई अघि नवढाउन भनेका मिश्रले एकाएक संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने ४४ पृष्ठ लामो दस्तावेज मिडिया मार्फत सार्वजनिक गरे । उनको दस्तावेजमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च रहेको उल्लेख गरिएको छ ।

मिश्रको यो दस्तावेजमा विवेकशील नेपाली दलबाट आएका नेता कार्यकर्तासहित साझा पार्टीका नेताकार्यकर्ताले समेत असन्तुष्टि जनाएका छन् । पार्टीका संयोजक मिलन पाण्डेले मिश्रले व्यक्तिगत विचार राखेको र यो पार्टीको धारणा नभएको वताएका छन्  । संयोजक पाण्डेले ट्वीटर मार्फत आफनो असन्तुष्टि सार्वजनिक गरेका हुन् । ‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ उनले भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन् ।’

कमल थापाको साथ
मिश्रले सार्वजनिक गरेको प्रस्तावमा राजनीतिक दल र नेताहरुको ब्यवहारका कारण ‘गणतन्त्र भनेको यस्तै रहेछ’ भन्ने वुझेको तप्का एवम् धर्म र राजतन्त्रको नाममा राजनीति गरिरहेको समुह भने उत्साहित वनेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिश्रको प्रस्तावलाई आफ्नो जनतमत वढेको रुपमा ब्याख्या गरेका छन् । ट्वीटरमा उनले लेखेका छन्–‘संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ।’

अध्यक्ष थापाले संघीयताको विपक्षमा सार्वजनिक गरेको प्रस्तावको स्वागत गर्नुले पनि उनीहरुको विचमा कुनै गठजोड भएको हुन सक्ने अनुमान भईरहेका छन् । मिश्र र थापा विच एकिकरण प्रयास भईरहेको विषयमा आशंका गर्ने ठाउँहरु पनि देखिएको कतिपय विश्लेषकहरु वताउँछन्। उनिहरुले मिश्रको प्रस्ताव पार्टीको महाधिवेसनवाट फेल हुने र उनी कमल थापासँगै एकता गरेर अघि वढ्ने अड्कलवाजी गरेका छन् । तर, यति हुँदाहुँदै पनि मिश्रले ठुलो जोखिम उठाएको उनीहरुको भनाई छ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताप्रति चुलिँदो जनअसन्तुष्टिलाई नेतृत्व गर्ने बलियो राजनीतिक शक्ति नभएका वेला मिश्रले उठाएको जोखिमले उनलाई सफल वा असफल दुवै दिशमा लान सक्ने उनिहरुको मत छ। ‘अध्यक्ष केपी शर्मा ओलीलगायत नेकपा एमालेका केही नेता संघीयताको विरुद्धमा छन्, तर, उनीहरु खुलेर आउन सकेका छैनन्’ एक विश्लेषक भन्छन्–‘कांग्रेसका केही नेता हिन्दू राज्यको पक्षमा छन्, उनीहरु पनि खुलेर आउने वा पार्टी निर्णय गराउन सक्ने क्षमतामा छैनन् । मुलधारको राष्ट्रिय प्रजातन्त्र पार्टी कहिले यता र कहिले उता गर्दै पदका पछाडि कुदिरहेको छ। यो पार्टीका नेताहरुको अनुहारले जनतामा कुनै आशा जगाउन सकेको छैन। संघीयताको विरोध गर्ने राष्ट्रिय जनमोर्चा शक्तिहीन छ । यस अर्थमा मिश्रले उठाएको जोखिमले सकारात्मक नतिजा पनि दिन सक्छ।’

गालिको वर्षा : बरु कमल थापासँग एकता गर
मिश्रले उक्त दस्तावेज सार्वजनिक गरेपछि एउटा कित्ताले प्रतिगामी, प्रतिक्रियावादी, दक्षिणपन्थीलगायतका शब्द प्रयोग गरेर गालि गर्न थालेको छ । कसैले ‘बरु कमल थापासँग एकता गर’ भनेका छन् भने कसैले ‘देशमा गणतन्त्र आउँदा विदेशमा मोज गर्ने, अहिले ठूला कुरा गर्ने’ भन्दै उनलाई गालि गर्ने क्रम वढेको छ। उनलाई गालि गर्नेमा नारायण वाग्लेदेखि डा. वावुराम भट्टराईसम्म छन् । 

नारायण वाग्ले ट्वीटरमा लेख्छन्–‘कुनै पार्टीको पदाधिकारी भएर ‘नितान्त व्यक्तिगत’ धारणा सार्वजनिक गर्नु आफैँमा राजनीति हो। परिदृश्यबाट ओलीजी हटेपछि जनतालाई विभ्रम बाँड्ने बिँडो मित्र रवीन्द्र मिश्रले थाम्न खोज्नुभयो। कम्तीमा राप्रपा त खुश भयो!’

यसैगरी डा. भट्टराईले मिश्रलाई राजतन्त्रको भुत भनेका छन् भने उनको दस्तावेजलाई झिंगाको संज्ञा दिएका छन्। उनले लेखेका छन्–‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन। संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन! बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!’

Source : Nepal Aaj

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender