My Slides

Wednesday, August 4, 2021

प्रेरणा का शब्द : एक मुसाको कथा

एउटा "मुसा" एक जना ब्यापारीको घरमा गुड लगाएर बसेको थियो ।

एकदिन मुसाले देख्यो कि त्यस व्यापारी र उसको श्रीमतीले एउटा थैलोबाट केही निकाल्दै थिेए, मुसाले सोच्यो शायद केही खाने कुरा हुनु पर्छ ।
उत्सुकताका साथ हेर्दै गर्दा अन्तमा उसलाई थाह भयो त्यो त एउटा मुसा फसाउने मुसेरी "छट्के" पो रहेछ ।
ख़तरा महशुस हुना साथ उसले घर पछाडी बस्ने "परेवा" लाई घरमा मुसेरी आएको र आफुलाई खतरा महशुस भएकोले सहयोगको लागी आग्रह गर्यो ।
परेवाले खिल्ली उडाउदै भन्छ; "मलाई के मतलब? म थोरै त्यसमा फस्छु र ?”
निराश हुदै मुसाले आफ्नो समस्या "कुखुरा" लाई सुनाउछ ।
कुखुराले पनि खिल्लि उडाउदै भन्छ; “जे गर्नी हो गर, यो मेरो समस्या होइन" ।
हताश मुसाले खोरमा गएर आफ्नो पिडा "बाख्रा" लाई सुनाउछ.... मुसाको कुराले बाख्रा हाँसी-हाँसी लडिबडी गर्न थाल्छ ।
मुसालाई छट्पटी छुट्छ । उ घर भित्र छिर्न पनि डराउछ ।
त्यसरात मुसेरीमा "छट्क" गरेको आवाज आउछ जसमा एउटा बिषालु "सर्प" पासोमा परेको हुन्छ ।
अँधेरोमा सापको पुच्छरलाई मुसा झै मानेर व्यापारीको श्रीमतीले त्यसलाई समाउन पुग्छिन र उनलाई सापले डस्छ ।
श्रीमतीलाई सापले डसेर बिरामी परेपछी उनिहरुले बैद्यलाई बोलाउछन र बैद्यले शरिर कमजोर भएको भन्दै "परेवा" को सुप खाने सल्लाह दिन्छन । परेवा काटियो र सुपको लागी उमाल्न थालियो ।
श्रीमतीलाई सापले टोकेको खबर टाँढा-टाँढा सम्म फैलियो । आफन्तहरु भेट्न आउन थाले । सबैलाई भोजनको प्रबन्ध गर्न कुखुरालाई काटियो ।
केही दिन पछी व्यापारिको श्रीमती पुर्णरुपमा निको भइन । व्यापारी निकै खुसी भयो र यस खुसीमा सबै आफ्ना सुभ चिन्तकहरुलाई बोलाएर भोज दिए जसमा बाख्रालाई काटिनु पर्यो ।
यतिन्जेल मुसा त्यस घर छाडेर धेरै टाढा पुगिसकेको थियो...,
शिक्षा: यदि कसैले तपाईलाई आफ्नो समस्या सुनाउछ भने त्यो समस्या म संग संबन्धीत छैन भनेर भन्नुभन्दा पनि , एक पटक त्यसको प्रभावको बारेमा सोच्नुहोस ।
यदि तपाईको कुनै आफन्त समस्यामा परेको छ भने संगठित रुपमा त्यसको हल खोज्नु होस । त्यस्तो जसलाई पनि पर्न सक्छ, नंवर जसको पनि लाग्न सक्छ ।
सोचको दायरालाई बढाउनुहोस, स्वयंमको स्वार्थमा मात्र केन्द्रित नहुनुहोस ।।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender